१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २८ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २८ आइतबार १६:२१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

महालक्ष्मी विकास बैंकका ग्राहकलाई यी सात संस्थामा विशेष छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २८ आइतबार १६:२१:oo

महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकलाई विभिन्न संस्थामा विशेष छुटको व्यवस्था गरेको छ। बैंकले ग्राहकको सुविधाका लागि स्वास्थ्य, होटेल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी छुट प्रदान गर्न सम्झौता गरेको हो।     

सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन्। 

ग्राहकले वीरगन्ज, पर्सामा अवस्थित मंगलम डायग्नोस्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १० प्रतिशत, सिमरा बारामा अवस्थित होटेल क्विक– २० भिचरसाइडका सेवाहरूमा अधिकतम १० प्रतिशत,  हेटाैँडा मकवानपुरमा अवस्थित रिगल हेटौँडाका सेवाहरूमा अधिकतम १५ प्रतिशत, धनगढी कैलालीमा अवस्थित निसर्ग हस्पिटलका  सेवाहरूमा अधिकतम २० प्रतिशत,  हेटौँडा मकवानपुरमा अवस्थित विसुधा मोमोचाका सेवाहरूमा १० प्रतिशत र भरतपुर चितवनमा अवस्थित कविलाश रिसोर्ट एन्ड फनपार्कका सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ। साथै बैंकले विभिन्न शाखाबाट वित्तीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।