मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २५ बिहीबार
  • Thursday, 19 December, 2024
सिआइबी मुख्यालयबाट आफ्ना समर्थकलाई हात हल्लाउँदै कांग्रेस सांसद सुनीलकुमार शर्मा । तस्बिर: संजित परियार/नयाँ पत्रिका
संजित परियार काठमाडौं
२o८o श्रावण २५ बिहीबार २o:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिआइबी मुख्यालयको झ्यालबाट सांसद शर्माको ‘अभिवादन’

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २५ बिहीबार २o:२१:oo

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको कसुरमा अनुसन्धानका लागि पक्राउ परेका कांग्रेस सांसद सुनीलकुमार शर्मा बिहीबार अपराह्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) कार्यालयको झ्यालमा देखा परे।

सिआइबीको टोलीले उनलाई आजै दिउँसो साढे तीन बजे गोल्फुटारस्थित निवासबाट पक्राउ गरी ल्याएको थियो। 

उनी पक्राउ परेपछि सिआइबी कार्यालयमा सञ्चारकर्मी र उनका समर्थकको घुइँचो थियो। उनीहरूतर्फ हेर्दै उनले हात हल्लाए। झ्यालबाट टाउको बाहिर निकालेर पनि उनले अभिवादन गरे। 

मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित कांग्रेस सांसद सुनीलकुमार शर्मा अहिले प्रहरी हिरासतमा पुगेका छन्। 

उनीमाथि शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको कसुरमा प्रचलित कानुनअनुसार अनुसन्धान गर्नुपर्ने भएकोले पक्राउ गरिएको सिआइबी स्पष्ट पारेको छ।