मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २५ बिहीबार
  • Wednesday, 12 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २५ बिहीबार १९:३३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चन्द्रागिरिमा खुल्यो अटिज केयर सेन्टर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २५ बिहीबार १९:३३:oo

चन्द्रागिरि नगरपालिकामा अटिजम (बौद्धिक अपांगता) केयर सेन्टर सञ्चालन भएको छ। महिला उत्प्रेरणा विकास मञ्चले चन्द्रागिरि नगरपालिका– १२ बलम्बुुमा सेन्टर सुरु गरेको हो।

नगरउपप्रमुख वसन्ती श्रेष्ठले बिहीबार सेन्टरको औपचारिक उद्घाटन गर्दै सामाजिक रूपान्तरणमा ठूलो सहयोग पुुग्ने विश्वास व्यक्त गरिन्। उपमेयर श्रेष्ठले सामाजिक विकासमा बालबालिकाको दैनिकी परिवर्तन गर्न केयर सेन्टर स्थापनाले सहयोग पुुग्ने बताइन्। 

उनले अटिजम भएका बालबालिका तथा तिनका परिवारको सहज जीवन जिउने आधार तयार गर्न सरकारी नीतिनियम तथा भएका कानुन कार्यान्वयन गर्न र अन्य आवश्यक प्रबन्ध गर्न आफू प्रतिबद्धता रहेको उनले बताइन्। 

चन्द्रागिरि नगपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख कर्णबहादुर भुवाजीले अटिजम भएका बालबालिकालाई पहिचान गरी उनीहरूको जीवन परिवर्तनका लागि ग्रामीणस्तरबाटै सचेतना, शिक्षा र सीप विकास अनिवार्य रहेको बताए। 

कृष्ण कँडेल इन्द्रेणी फाउन्डेसनका अध्यक्ष कृष्ण कँडेलले बालबालिकाको शिक्षाका लागि सरकारीस्तरबाटै अटिजम केयर सेन्टरहरूको व्यवस्थापन अवश्यक रहेको बताए। उनले निजी क्षेत्र र महिलाहरूले थालेको अभियानलाई सबैतिरबाट सघाउन आवश्यक रहेको धारणा राखे।

चन्द्रागिरि– १२ का वडाध्यक्ष न्हुुुच्छेबहादुर महर्जनले अटिजम भएका बालबालिकाको शिक्षा र प्राविधिक सीपका लागि क्रियाशील रहने प्रतिबद्धता जनाए। चन्द्रागिरि नगरपालिकाकी सामाजिक विकास शाखा प्रमुख तथा सूचना अधिकारी लक्ष्मी श्रेष्ठले नगरपालिकाको सीमाक्षेत्र भित्र ६० भन्दा बढी बालबालिकामा अटिजमको अवस्था रहे पनि उचित केयर सेन्टरको व्यवस्थापन नभएका कारण अभिभावनहरू घरमै हेर्न बाध्य भएको बताइन्। 

चन्द्रागिरि– १ का वडाध्यक्ष केशव गिरीले अटिजम भएका बालबालिकाको हेरचाहमा लाग्नुपर्दा अभिभावकले समेत रोजगारी गुमाउनुपर्ने जटिल समस्या रहेको भन्दै अहिले खोलिएको सेन्टरले त्यस्ता अभिभावकलाई सहज बनाउने धारणा राखे।

महिला उत्प्रेरणा विकास मञ्चकी अध्यक्ष तथा अभिभावक गीताकुमारी घिमिरेले आफूलाई परेको समस्या अन्य अभिभावकलाई समेत नहोस् भनेर स्थानीयस्तरमै केयर सेन्टर सञ्चालन गरिएको बताइन्। उनले समूहमा आबद्ध महिलाहरूको लगानीमा सेन्टर सञ्चालन गरिएको भन्दै सेन्टरमा अटिजम भएका बालबालिकाका लागि आवश्यक पर्ने विभिन्न थेरापीका माध्यमबाट शिक्षण सिकाइ गरिँदै आएको जानकारी दिइन्। 

कार्यक्रममा आफ्नो जन्मदिनको अवसरमा भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टर गुर्जुुधाराका सञ्चालक तथा देवदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामनारायण घिमिरेले सेन्टर सञ्चालनका लागि २० हजार रुपैयाँ सहयोग गरेका थिए। 

यस्तै, इन्द्रेणी फाउन्डेसनका अध्यक्ष कँडेलले सेन्टरका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारका लागि एक लाख रुपैयाँ सहयोग गरे। समाजसेवी गणेश गिरीले पाँच हजार रुपैयाँ सहयोग गरे। कार्यक्रममा चन्द्रागिरि नगरपालिका कार्यपालिका सदस्यहरू, नहुँदा महिला स्वास्थ्य क्लिनिककी अध्यक्ष चमेली महर्जन, समाजसेवी शंकर खड्कालगायत सहभागी थिए।