१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० श्रावण २४ बुधबार ११:५६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज २१ वर्षमा

Read Time : < 1 मिनेट
२०८० श्रावण २४ बुधबार ११:५६:००

 एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले स्थापनाको २० वर्ष पूरा गरेको छ । सन् २००३ अगस्ट ८ मा अस्ट्रेलियाको सिड्नीबाट उच्च शिक्षा तथा आप्रवासनसम्बन्धी परामर्श दिँदै आएको एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले २०औँ स्थापना दिवसको दिन पारेर ‘एक्सपर्ट डे’ मनाएको हो ।

अहिले एक्सपर्टले विश्वका १६ देशमा ६० भन्दा बढी शाखा कार्यालयबाट शैक्षिक परामर्श सेवा दिँदै आइरहेको जनाएको छ । एक्सपर्टले विश्वभर नै स्थापनाको दिनलाई ‘एक्सपर्ट डे’का रूपमा मनाउँदै आइरहेको जनाइएको छ । नेपालसहित विश्वभरि नै विशेष समारोह कार्यक्रमसहित केक काटेर एक्सपर्टले वार्षिकोत्सव मनाएको एक्सपर्ट डाइरेक्टर सागर अर्यालले बताए ।

एक्सपर्टले हाल अस्ट्रेलियासँगै क्यानडा, युके, युएसए, न्युजिल्यान्डलगायत देशमा विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि परामर्श दिँदै आइरहेको जनाएको छ ।