१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २४ बुधबार
  • Sunday, 30 June, 2024
२o८o श्रावण २४ बुधबार १o:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

टी–२० मा बाबरको कीर्तिमानी शतक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २४ बुधबार १o:३८:oo

 पाकिस्तानका कप्तान बाबर आजमले टी–२० क्रिकेट फम्र्याटमा कीर्तिमानी रूपमा दशौँ कीर्तिमानी शतक प्रहार गरेका छन् । उनले श्रीलंकामा चलिरहेको लंका प्रिमियर लिगमा यो रेकर्ड बनाएका हुन् । उनी कोलम्बो स्ट्राइकर्समा आबद्ध छन् । कोलम्बोले गाले टाइटन्सविरुद्ध सात विकेटले जित निकाल्दा उनले शतकीय इनिङ्स खेले । 

बाबरले ५९ बलमा आठ चौका र पाँच छक्कासहित एक सय चार रनको शतकीय इनिङ्स खेलेका हुन् । टी–२० फम्र्याटमा सर्वाधिक शतक बनाउने रकेर्डमा बाबर वेस्ट इन्डिजका क्रिस गेलभन्दा मात्रै पछि रहेका छन् । गेलले अहिलेसम्म टी–२० खेलमा २२ शतक प्रहार गरेका छन् । यसैगरी, भारतका विराट कोहली, अस्ट्रेलियाका आरोन फिन्च, अस्ट्रेलियाकै डेभिड वार्नर र माइकल किलिंगरले समान आठ–आठ शतक प्रहार गरेका छन् ।

प्रतिस्पर्धामा पहिलो ब्याटिङ गरेको गालेले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ८८ रन बनाएको थियो । गालेका लागि टिम सिफर्टले ३५ बलमा चार चौका र तीन छक्काको सहयोगमा सर्वाधिक ५४ रन बनाए । कोलम्बोले १९.५ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । 

ad
ad
ad
ad