मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o श्रावण २३ मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २३ मंगलबार १६:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारको एउटा हातले कमजोरी गर्‍याे, अर्को हातले तस्कर पक्रियो : विश्वप्रकाश शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २३ मंगलबार १६:४२:oo

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भएको विषय गम्भीर रहेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एयरपोर्टमा सरकारले कमजोरी गरेको बताएका हुन्। यद्यपि, सरकारको एउटा हातले एयरपोर्टमा गरेको कमजोरी सरकारकै अर्को हातले सुधारेको शर्माको तर्क छ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीको प्रक्रियाबाट प्रवेश गर्ने कुरा गम्भीर छ। एयरपोर्टबाट छिर्दै गर्दा कसको कमजोरी हो ? बेहिचक भन्नुपर्छ सरकारको,’ उनले भने, ‘तर, एयरपोर्टबाट आएर सिनामंगलको चोकमा पक्रिँदै गर्दा कसले पक्रिएको हो ? सरकारको एउटा हातले कमजोरी गर्‍याे एयरपोर्टमा, तर सरकारको अर्को हातले फेरि पक्रियो सिनामंगलको चोकमा। यो पनि हामीले बिर्सनुहुन्न।’