मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २१ आइतबार
  • Thursday, 19 December, 2024
मोहन विष्ट कञ्चनपुर
२o८o श्रावण २१ आइतबार १४:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हले दमाईं मृत्यु प्रकरण : हत्या आराेपमा भतिजा र भान्जा पक्राउ

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o श्रावण २१ आइतबार १४:५७:oo

कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ वाणी नवदुर्गा टोलका स्थानीय युवा कुवेर दमाईं (हले)को हत्या भएको रहस्य खुलेको छ।

३५ वर्षीय हलेको आफन्तबाटै हत्या गरेर बण्डनदी किनारमा गाडिएको अवस्थामा शव फेला परेको थियो। हलेको भतिजा र भान्जाले मिलेर हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार १५ साउनमा हराएका भनिएका हलेको शव १८ साउन राति गाडिएको अवस्थामा फेला परेको थियो। 

शव फेला परेको दोस्रो दिनमै प्रहरीले हलेको हत्या भएको आशंकामा अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा हत्यामा संलग्न भएको आशंकामा मृतका भतिजा नाता पर्ने २२ वर्षीय अजय दमाईं र भान्जा नाता पर्ने २८ वर्षीय हरिश दमाईंलाई पक्राउ गरिएको छ।

 पक्राउ परेका अजय र हरिश एकै गाउँका स्थानीय हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले मृतक हलेले मदिरा सेवन गरेर घरमा रहेका वृद्ध आमाबाबुलाई सताउने गरेको बताए। उनका अनुसार १५ साउनमा सम्झाइबुझाई गर्न उनीहरूले हलेलाई नदी किनार लगेका थिए। 

उनीहरूले मदिरा सेवन गरेका थिए। सोही क्रमा राति ११ बजेतिर हलेसँग भतिजा अजय र भान्जा हरिशको घरायसी विवाद उत्पन्न भयो।  अजय र हरिशले हलेमाथि कुटपिट र ढुंगा प्रहार गरे। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। 

घटनास्थलबाट ५० मिटर पूर्वतर्फ मृतक हलेको चप्पल, चेक कमिज फेला परेको थियो। प्रहरीको प्रारम्भिक बयानका क्रममा अजय र हरिशले हलेको हत्या गरेको स्वीकारसमेत गरेका छन्।