१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १९ शुक्रबार
  • Monday, 30 September, 2024
पवन बराइली काठमाडाैं
२o८o श्रावण १९ शुक्रबार ११:२३:oo
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
पवन बराइली, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण १९ शुक्रबार ११:२३:oo

सहरमा सानै क्षेत्रफलमा भए पनि खेती गर्नका लागि मानिसहरू लालायित हुँदै आएका छन् । त्यही कारण घरका बार्दली, छतमा विभिन्न फूल–बिरुवा फलेका देखिन्छन् । कलमी गरेर विभिन्न फललाई पनि यसरी गमलामै हुर्काउने चलन बढ्दो छ । इन्डोर प्लान्टले कोठा सजाउनेको संख्या पनि बढ्दो छ । 

‘बिरुवा रोपेर मात्रै हुँदैन, यसलाई स्याहार गर्ने तरिका पनि जान्नुपर्छ,’ फ्लोरिकल्चर एसोसिएसन नेपाल (फान)का उपाध्यक्ष सीताराम पन्त भन्छन्, ‘बिरुवा रोपे भइहाल्छ नि भन्ने मानसिकता छ । तर, भविष्यमा समस्या आउँछ भन्ने कुरालाई ध्यान दिएको देखिँदैन । स्याहार पुगेन भने बिरुवा रोपे पनि सोचेजस्तो फस्टाउँदैन ।’

सीताराम पन्त, उपाध्यक्ष फ्लोरिकल्चर एसोसिएसन नेपाल (फान)
बिरुवालाई व्यवस्थित तरिकाले रोप्दा बगैँचालाई बाह्रै महिना सुन्दर देखाउन सकिन्छ । तर, विचार नगरी बिरुवा रोप्दा लगानी मात्रै खेर जान्छ । ‘सहरी क्षेत्रमा कम क्षेत्रफलमा खेती गर्नुपर्ने भएकाले सबै कुरा जानेर मात्रै गर्नु राम्रो हुन्छ । सिजनअनुसारका बिरुवा रोप्न सकियो भने बगैँचा सधैँ राम्रो देखिन्छ ।’

उनका अनुसार बिरुवालाई व्यवस्थित तरिकाले रोप्दा बगैँचालाई बाह्रै महिना सुन्दर देखाउन सकिन्छ । तर, विचार नगरी बिरुवा रोप्दा लगानी मात्रै खेर जान्छ । ‘सहरी क्षेत्रमा कम क्षेत्रफलमा खेती गर्नुपर्ने भएकाले सबै कुरा जानेर मात्रै गर्नु राम्रो हुन्छ । सिजनअनुसारका बिरुवा रोप्न सकियो भने बगैँचा सधैँ राम्रो देखिन्छ,’ उनले भने । 

घरको कौसी, रेलिङ, बार्दली वा ह्यांगिङ गमलामा पनि बिरुवा रोप्न सकिने उनले बताए । ‘लोकल बिरुवालाई कम स्याहार गरे पनि बाँच्न सक्ने भएकाले बाहिरबाट आयातीत वा रेडिमेड बिरुवा रोप्नुको साटो स्थानीय बिरुवा नै रोप्नु राम्रो हुन्छ,’ उनले भने । 

काठमाडौं बुढानीलकण्ठस्थित एसआर नर्सरीका सञ्चालक सुनील स्याङ्तान बगैँचा बनाउनका लागि लोकेसनको चयन महत्वपूर्ण हुने बताउँछन् । ‘घरको कुन स्थानमा गार्डेन बनाउने भन्ने कुराले पनि अर्थ राख्छ । घाम लाग्ने ठाउँमा र माटो मलिलो भएको ठाउँमा रोपेका फूल राम्ररी फस्टाउँछन् । कहाँ, कुन प्रजातिको फूल वा सिजनल तरकारी रोप्ने, कहाँ गमला राख्ने भन्नेबारे विचार गर्नुपर्छ । तसर्थ, कौसी खेती थाल्नुअघि विज्ञहरूसँग परामर्श गर्नु राम्रो हुन्छ ।’ 

कीर्तिपुरस्थित थापा नर्सरीका सञ्चालक कृष्ण थापा मौसमअनुसारका फूल रोप्न सुझाव दिन्छन् । ‘मौसमी फूलले बगैँचाको सुन्दरतामा रौनक थप्ने मात्र होइन, मानिसलाई मौसम परिवर्तनको महसुस गराउँछ । आफ्नो रुचिअनुसार फूल, बिरुवा रोपेर घरलाई आकर्षक बनाउन सकिन्छ,’ उनले भने, ‘बेमौसमी फूलको दाँजोमा यसलाई कम स्याहार गरे पुग्छ । रोग पनि कम लाग्छ ।’ 

बगैँचा वा कौसी खेतीले मानिसलाई सक्रिय रहनका लागि सहयोग पुर्‍याइरहेको उनले बताए । ‘गार्डेनिङले मानिसलाई शारीरिक रूपमा पनि सक्रिय गराउन थालेको छ । यसरी फूलको स्याहारमा लाग्दा मानिसको तनाव पनि घटेर जान्छ,’ उनले भने । उनका अनुसार अहिले बारी, बगैँचादेखि कौसी, कोठा, रुफटप गार्डेन लोकप्रिय हुँदै गएका छन् । ‘गार्डेनरको सहयोग लिएर सुन्दर फूलबारी बनाउनेको संख्या बढेकाले धेरै गार्डेनरले रोजगारी पाएका छन्,’ उनले भने । फूल–बिरुवाले घरको भित्री र बाहिरी वातावरणलाई मोहक बनाउने र मौसमी प्रतिकूलताबाट जोगाउन सकिने उनको भनाइ छ । 

मनसुनमा रोप्न सकिने तरकारी 
रायो, पालुंगो, चम्सुर, ग्याँठकोबी, सेलेरी, छ्यापी, लेटुस, धनियाँ, गाँजर/मुला 

ध्यान दिनुस् 
- बिरुवा रोपेर मात्रै हुँदैन, यसलाई समय–समयमा मलजल तथा काँटछाँट गर्न आवश्यक पर्छ ।
- पुरानो भइसकेका पानीका जार, बोतल, बाकस, पुराना काठ, पुराना भाँडालगायतलाई गमलाका रूपमा प्रयोगमा ल्याउन सकिन्छ । यसले बगैँचालाई पनि सुन्दर देखाउने काम गर्छ । 
- भान्साबाट निस्किएको कुहिने फोहोरलाई कम्पोस्ट मलका रूपमा प्रयोग गर्न सकिन्छ ।