१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १७ बुधबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण १७ बुधबार १o:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

होटेल क्राउन इम्पेरियलको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण १७ बुधबार १o:४६:oo

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले अर्किड होल्डिंग्स लिमिटेडले सञ्चालन गरेको होटेल क्राउन इम्पेरियलको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धन गर्ने भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र होटेलका प्रबन्ध सञ्चालक सुधीरमान मास्केले हस्ताक्षर गरेका हुन् । 

होटेलले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको एक अर्ब १५ करोड रुपैयाँबराबरको एक करोड १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको जनाइएको छ । यस कम्पनीले ०७६ सालबाट काठमाडौंको रविभवनमा चारतारे होटेल क्राउन इम्पेरियल सञ्चालनमा ल्याएको छ ।

एक सय ३१ कोठा रहेको उक्त होटेलमा लाइभ म्युजिकसहितको रेस्टुरेन्ट, रुफटप (स्काई लाउन्ज), दुईवटा बार, ब्यांक्वेट हल, जिम, स्विमिङ पुल, ५० देखि ७५ जनासम्म अट्ने दुईवटा ठूला मिटिङ हल र २० देखि २५ जनासम्म अट्ने दुईवटा मिटिङ रुम तथा तीन सयजनासम्मको क्षमता भएको कन्फरेन्स हललगायतका सुविधा रहेको जनाइएको छ । 

ad
ad
ad
ad