१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १४ आइतबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण १४ आइतबार o७:४२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आवाजबाटै क्युआर भुक्तानीको जानकारी पाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण १४ आइतबार o७:४२:oo

एनआइसी एसिया बैंकले क्युआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्त हुने स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गरेको छ । बैंकको क्युआर कोड भुक्तानी प्रणालीमा आबद्ध मर्चेन्टहरूले उक्त प्रणालीमा भुक्तानी लिँदा एसएमएस वा इमेल अलर्टका अतिरिक्त अब यो डिभाइसमार्फत आवाजबाटै भुक्तानी प्राप्त भएको जानकारी पाउने बैंकले जनाएको छ ।

डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ यो डिभाइसको सुरुवात गरेको हो । निकट भविष्यमा अन्य भुक्तानी नेटवर्कबाट भुक्तानी गर्दासमेत यस्तै सूचना दिने व्यवस्थाको तयारी गरिरहेको छ ।