मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २२ शुक्रबार
  • Friday, 08 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण १३ शनिबार ०६:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पार्क निर्माणमा साढे ३८ लाख हिनामिना गर्ने प्रमुख प्रशासकीय र इन्जिनियरसहित सातविरुद्ध मुद्दा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण १३ शनिबार ०६:५०:००

पार्क निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरसहित सातजनाविरुद्ध विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको छ ।

मुगुको छाँयानाथ रारा नगरपालिका– २ मा पार्क निर्माण गर्दा अनियमितता गरेको आरोपमा अख्तियारले नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्ल, तत्कालीन लेखापाल रुनबहादुर सेजुवाल, कम्प्युटर अप्रेटर केशरबहादुर रावल, तत्कालीन इन्जिनियर महेशसिंह कठायत र तत्कालीन असिस्टेन्ट सबइन्जिनियर हस्तबहादुर मल्लविरुद्ध मुद्दा दायर गरेको छ ।

उनीहरूले जिल्ला वन कार्यालयको स्वामित्वमा रहेको जिल्ला वन कार्यालयको कम्पाउन्डभित्रको जग्गामा अनुमति नलिई र निर्माणस्थलको टुंगो नलगाई पार्क निर्माणका लागि डिजाइन, नक्सा र लागत अनुमान तयार गर्न लगाई स्वीकृत गरेको अख्तियारको आरोप छ ।

उपभोक्ता समितिलाई ३८ लाख ४७ हजार पाँच सय रुपैयाँ पेस्की उपलब्ध गराएको र जिल्ला वन कार्यालयले अनुमति नदिएकाले सम्झौताबमोजिम पार्क निर्माण हुन नसक्ने अवस्था भई निर्मित संरचनासमेतबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको आरोपपत्रमा उल्लेख छ ।

उक्त कार्यका लागि उपभोक्ता समितिलाई भुक्तानी भएको पेस्की रकम हिनामिना भएको अख्तियारको दाबी छ । उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर रावल र कोषाध्यक्ष वसन्ती रावललाई ३३ लाख ८२ हजार ४१७ रुपैयाँ बिगो कायम गरिएको छ ।