गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) मकाउको नयाँ नेतृत्वको अध्यक्ष पदमा भीमसेन श्रेष्ठ निर्वाचित भएका छन् । परिषद्को आठौँ महाधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गराएको हो ।
महाधिवेशनले उपाध्यक्षमा शिव थापा, द्वितीय उपाध्यक्षमा निरञ्जन खड्का, युवा उपाध्यक्षमा सुरेशसिंह सुनार, महासचिवमा अमृत गुरुङ, सचिवद्वयमा रवीन्द्र महर्जन र धीरेन्द्र सिटौला, कोषाध्यक्षमा दीपक तामाङ, सहकोषाध्यक्षमा मकर राई, युवा संयोजकमा विशाल पौडेल, महिला संयोजकमा सञ्जु नगरकोटीलाई निर्वाचित गरेको छ ।
त्यस्तै, कार्यसमिति सदस्यहरूमा सचिन कपाली, दिलीप खड्का, हर्कजंग गुरुङ, सन्दीप पनेरू, मणि गुरुङ, डिल्लीबहादुर खड्का, सम्झना भुसाल, अमृत गौतम, सन्तोष रिजाल, सुमन तामाङ र सुमान तामाङ चयन निर्वाचित भएका छन् ।