१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ९ मंगलबार
  • Saturday, 28 September, 2024
२o८o श्रावण ९ मंगलबार १७:११:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

लुम्बिनी प्रदेशको निजामती सेवा विधेयकमा छलफल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ९ मंगलबार १७:११:oo

लुम्बिनी प्रदेशको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भएको छ।

मंगलबार बसेको प्रदेश सभाको २०औँ बैठकमा विधेयकमाथि छलफल भएको हो। प्रदेश गृहमन्त्री सन्तोषकुमार पाण्डेको ‘छलफल गरियोस्’ भन्ने प्रस्ताव पारित भएपछि सांसदहरूले छलफलमा भाग लिएका हुन्। 

त्यसक्रममा प्रदेशले निजामती ऐन ल्याउनु सकारात्मक भएको सांसदहरूले बताएका थिए। विधेयकका विषयमा कर्मचारीहरू आन्दोलित बनेकाले यो विषयमा ध्यान दिनुपर्ने सांसदहरूको भनाइ थियो।  

सोही क्रममा सांसद भोजप्रसाद श्रेष्ठ, मीनाकुमारी श्रेष्ठ, लोकीकुमारी विक, रत्नकुमारी खत्री, तारा थापा, कृष्ण कुष्मा थारू, नीमा गिरी, रामजीप्रसाद घिमिरे, इन्द्रजित थारू र जन्मजयन तिमिल्सिनाले छलफलमा भाग लिएका थिए। प्रदेश सभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेछ।