१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
कंगा रासी
२०८० श्रावण ९ मंगलबार ०८:३१:००
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

विद्यालयलाई यौन हिंसामुक्त कसरी बनाउने ?

राष्ट्रसंघका अनुसार हरेक वर्ष २४ करोड ६० लाख विद्यार्थीले विद्यालय र त्यसवरपर यौनहिंसाको अनुभव गर्छन्

Read Time : > 3 मिनेट
कंगा रासी
२०८० श्रावण ९ मंगलबार ०८:३१:००

शिक्षा मौलिक मानव अधिकार हो । यसमा मानिसलाई गरिबी र असमानताबाट बाहिर निकाल्ने र दिगो विकास सुनिश्चित गर्ने शक्ति छ । तर, विश्वभरका करोडौँ बालबालिका विद्यालयमै सुरक्षित छैनन् । संयुक्त राष्ट्रसंघको पछिल्लो अनुमानअनुसार हरेक वर्ष २४ करोड ६० लाख विद्यार्थीले (केटा र केटी दुवै) विद्यालय र त्यसवरपर (यौन)हिंसाको अनुभव गर्छन् । यी बालबालिकाका लागि विद्यालय उनीहरूले अन्वेषण र प्रगति गर्न सक्ने ठाउँ होइन, बरु उनीहरूले शारीरिक, मनोवैज्ञानिक वा यौन हिंसाको सामना गर्न सक्ने स्थान हो ।

विद्यालयसँग सम्बन्धित लैगिक हिंसा (धम्की र अनिच्छित यौनकार्यदेखि दुव्र्यवहार र बलात्कारसम्म)ले अनगिन्ती बालबालिकालाई गम्भीर, दीर्घकालीन मनोवैज्ञानिक र सामाजिक हानि पुर्‍याइरहेको छ । यसलाई रोक्नैपर्छ ।म यसो किन भन्छु भने एक बच्चाको रूपमा यौन दुर्व्यवहार कस्तो महसुस हुन्छ भन्ने मलाई थाहा छ । विश्वास गर्न भनिएको मान्छेसँग डराउनु एकदमै पीडादायी हुन्छ । सुरक्षित हुनुपर्ने ठाउँहरूमा सुरक्षित महसुस नहुनुले तपाईंलाई कति एक्लो बनाउँछ, त्यो भनेर साध्य छैन । 

म १० वर्षको हुँदा ममाथि दुर्व्यवहार भयो । मेरो काकाले नै मलाई दुर्व्यवहार गरे । जब म पीडामा डुबिरहँदा ऊ मेरो आँखामा घुरेर हेथ्र्याे र हाँस्थ्यो । म सानो छँदा मलाई दुर्व्यवहार गर्न खोज्ने छिमेकीबाट उसकी बहिनीले बचाएकी थिई, तर जुन ठाउँलाई मैले सुरक्षित ठानेको थिएँ, त्यही ठाउँको एक सदस्यले दुर्व्यवहार गरेको कुरा मलाई पत्याउन गाह्रो परेको थियो । दुर्व्यवहारबारे मलाई आफ्ना आमाबाबुलाई बताउन लाज लाग्यो र ‘दुर्व्यवहारमा परेकी केटी’नामको कलंकको टीका लाग्ने मलाई सधैँ डर लाग्थ्यो । त्यसैले भित्रभित्रै चिच्याए पनि म कसैलाई नभनी चुपचाप बसेँ ।

अब सुरक्षित स्थान रहेन भन्ने बुझेपछि मैले मेरा आमाबाबुलाई मलाई बोर्डिङ स्कुलमा पढ्नका लागि पठाउन आग्रह गरेँ । मेरो काकाको पहुँच नहुने भएकाले म त्यहाँ सुरक्षित हुनेछु भन्ने सोचेको थिएँ । त्यो निर्दोष उमेरमा मैले विद्यालयलाई बालबालिका सधैँ सुरक्षित रहने, उनीहरूको हेरचाह हुने र खुसी रहने ठाउँ ठानेकी थिएँ ।

म गलत थिएँ । मेरो नयाँ विद्यालयमा शिक्षकले दण्डहीनताका साथ विद्यार्थीलाई यौन दुर्व्यवहार गरिरहेका थिए । आफूले साक्षात्कार गरेको यौन दुर्व्यवहार रोक्न असमर्थ मैले आफूलाई आघात र भयमा च्यापिएको पाएँ । म मेरा साथीहरूको अनुहारमा पनि उस्तै डर र असहायताको भाव देख्थेँ । हामीले सर्वप्रथम त आफैँलाई पढ्नुपर्छ, आफूलाई विकसित बनाउनुपर्छ भन्ने त थाहा थियो, तर पढ्न, आफ्नो विकास र प्रगति गर्न सकिरहेका थिएनौँ । हाम्रो शिक्षा र विकासलाई बालबालिका त्यसमा पनि विशेषगरी केटीमाथिको यौन हिंसाको संस्कृतिले दबाएको थियो ।

म १० वर्षको हुँदा ममाथि दुर्व्यवहार भयो । मेरो काकाले नै मलाई दुर्व्यवहार गरे । जब म पीडामा डुबिरहँदा ऊ मेरो आँखामा घुरेर हेथ्र्याे र हाँस्थ्यो । जुन ठाउँलाई मैले सुरक्षित ठानेकी थिएँ, त्यही ठाउँको एक सदस्यले दुर्व्यवहार गरेको कुरा मलाई पत्याउन गाह्रो परेको थियो । 

केवल १२ वर्षको उमेरमा मेरो मानसको चकनाचुर निर्दोषिताको दरारमा एउटा शक्तिको झिल्का देखापर्‍यो । म आफूलाई यस दमनबाट परिभाषित हुन दिनेछैन भन्नेमा पुगेँ । तसर्थ, आफूले देखे–भोगेको कुराबाट प्रभावित भएर र आफूजस्तै दुर्व्यवहारबाट भयातुर केटीहरूका लागि न्यायको ज्योति बन्ने संकल्प लिएर मैले वकिल बन्ने निर्णय गरेँ ।

अहिले म केन्याको उच्च अदालतको एक वकिल हुँ र मैले मेरो करिअरलाई अझ समतामूलक विश्वको निर्माण अनि विद्यालय र त्यसबाहिरका बालबालिकाविरुद्ध पनि लैंगिक हिंसा अन्त्य गर्न समर्पित गरेको छु । ब्रेभ मुभमेन्ट आन्दोलनमा अफ्रिका अभियान प्रबन्धकको रूपमा म आफूले भोगेकोजस्ता यौन दुर्व्यवहार अन्य कुनै पनि बालबालिकाले भोग्नुनपर्ने विश्व निर्माणका लागि बाल्यकालमा यौन दुर्व्यवहार झेलेका धेरै साहसी पीडितसँग मिलेर काम गर्दै छु । 

अफ्रिकाका, स्कुलहरूमा लैंगिक हिंसा व्याप्त छ । हिंसाका घटना कक्षाकोठामा हुन्छन्, विद्यालयको खेलमैदानमा हुन्छ अनि विद्यालय जाने बाटोमा हुन्छ । संख्याका हिसाबले केटीहरू बढी जोखिममा भए पनि केटाहरू पनि प्रभावित छन् । विशिष्टता देशअनुसार र क्षेत्रअनुसार फरक–फरक हुन सक्छन्, तर लैगिक हिंसाले यो महाद्वीपभरिका विद्यालयमा कुनै न कुनै तरिकाले बालबालिकाको प्रगति र तिनीहरूको सम्भावना उजागरको क्षमतालाई सीमित गरिरहेको छ ।

उनीहरूलाई बचाउन हामीले केही गर्नैपर्छ र जतिसक्दो छिटो गर्न आवश्यक छ । तपाईंलाई लाखौँ बालबालिका प्रभावित छन् भने यति ठूलो समस्यालाई हामी कहाँबाट सम्बोधनको सुरुवात गर्न सक्छौँ भनेर जिज्ञासा जाग्न सक्छ । सुसमाचार के भने, के गर्ने भनेर हामीलाई पहिले नै थाहा छ । विद्यालयमा हुने लैंगिक हिंसा अन्त्य गर्ने उत्कृष्ट अभ्यासबारे थुप्रै अनुसन्धान भएका छन् । तिनले उपाय खुट्याएका छन् । हामीलाई त्यसबारे थाहा छ । 

यो हप्ता रुवान्डाको किगालीमा आयोजित वुमन डेलिभर २०२३ मा सेफ टु लर्न ग्लोबल एडभोकेसी टास्कफोर्स (जसको ब्रेभ मुभमेन्ट सदस्य छ)ले स्कुलमा हुने लैंगिक हिंसाका बारेमा नयाँ युवा र दुर्व्यवहारमा बचेकाहरूको नेतृत्वमा संक्षिप्त वकालत सुरु गर्‍यो ।पीडित एवं युवा अभियन्ताहरूको दृष्टिकोण, अनुभव र सुझावका आधारमा विद्यालयहरूमा बालबालिकालाई सुरक्षित राख्न हामीले यी काम गर्नुपर्छजस्तो लाग्छ । 

१. सरकारले विद्यालयमा हुने लैंगिक हिंसालाई सम्बोधन गर्न, शैक्षिक क्षेत्रमा हुने सबै प्रकारका हिंसा, उत्पीडन र भेदभावलाई स्पष्ट रूपमा निषेध गर्ने बृहत् नीति तर्जुमा गरी त्यसलाई लागू गर्नुपर्छ । ती नीतिहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न बलियो रिपोर्टिङ संयन्त्र र जवाफदेहिता ढाँचासँगसँगै गरिनुपर्छ ।

२. शिक्षकहरूलाई लैंगिक संवेदनशील र समावेशी शिक्षण विधिमा पर्याप्त तालिमको साथसाथै विद्यालयमा हुने लैंगिक हिंसा रोक्न, पहिचान गर्ने र प्रतिक्रियाका दिशानिर्देश प्रदान गरिनुपर्छ । शिक्षक विद्यालयमा यौन हिंसाको रोकथाम र प्रतिक्रियामा सक्रिय माध्यम बन्नका लागि उनीहरूलाई शिक्षक भनेका बालबालिकाका संरक्षक पनि हुन् भनेर सिकाउन आवश्यक छ ।

३. हामी सबैले यस व्यापक समस्याका बारेमा सचेतना जगाउन काम गर्नुपर्छ । व्यापक सचेतना अभियानले सम्मानको संस्कृतिको पालनपोषण गर्न र लैंगिक समानतालाई बढवा दिन महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसले सुरक्षित र समावेशी सिकाइ वातावरणलाई बढवा दिनेछ ।

यी अत्यावश्यक परिवर्तन लागू गर्नका लागि चालिने प्रत्येक कदमले यो ठूलो समस्यालाई अलिअलि घटाउँदै लैजानेछ । हाम्रो आन्दोलनमा सामेल हुने हरेक सहयोगी र समर्थकको साथबाट यो चुनौतीको तौल थोरै हल्का हुन्छ ।मैले पहिलोपटक दुव्र्यवहारको सामना गरेको उमेरमा मेरा आफ्नै छोरीछोरा पुगेकाले उनीहरूका साथीहरूलाई सुरक्षित महसुस गराउन सक्ने वातावरण प्रदान गर्न पहिलेभन्दा बढी उत्प्रेरित भएकी छु । मलाई आशा छ उनीहरूले प्राप्त गरेको शिक्षाले उनीहरूका लागि अनगिन्ती अवसर खोल्नेछन् । तर, उनीहरूले शिक्षाको बाटोमा सामना गर्न सक्ने खतराबारे भने म चिन्तित छु । यसरी हुनेछैन । यसले समय लिन्छ, तर यो लडाइँ हामीले जित्नुपर्छ । 
(रासी सामाजिक न्यायकी वकालतकर्ता एवं ब्रेभ मुभमेन्ट अफ्रिका क्याम्पियनकी प्रबन्धक हुन्)अल जजिराबाट