१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o८:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्कालाई अर्थ प्रश्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:२७:oo

कस्ता श्रमिकले टेलिभिजन ल्याउँदा भन्सार शुल्क बुझाउनुपर्दैन ?
सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई टेलिभिजन ल्याउँदा भन्सार शुल्क भुक्तानी गर्नुनपर्ने व्यवस्था गरेको छ । तर, यसका लागि श्रमिकले तीनवटा सर्त पूरा गरेको हुनुपर्नेछ । पहिलो, श्रमिकले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएको हुनुपर्नेछ । दोस्रो, वैदेशिक रोजगारीमा कम्तीमा १२ महिना रहेको हुनुपर्नेछ । तेस्रो भनेको श्रमिक सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा सूचीकृत भएको हुनुपर्नेछ । यी तीनवटा सर्त पूरा गरेको श्रमिकले जतिसुकै साइजको र जुनसुकै आकार प्रकारको टेलिभिजन ल्याउन भन्सार शुल्क भुक्तानी गर्नुपर्नेछैन । 

सामाजिक सुरक्षामा आबद्ध नभएको श्रमिकको हकमा के हुन्छ ?
सरकारले सामाजिक सुरक्षा कोष योजना श्रमिकका लागि भर्खरै सुरु गरेको हो । त्यसैलै अहिले नै सबै श्रमिक कोषमा आबद्ध भइसकेका छैनन् । तसर्थ, कोषमा सूचीकृत नभएका श्रमिकले पनि टेलिभिजन ल्याउन पाउँछन् । तर, यस्ता श्रमिकले ३२ इन्चको टेलिभिजन मात्रै साथमा नेपाल ल्याउन पाउँछन् । यद्यपि, श्रमिक अनिवार्य रूपमा श्रमस्वीकृति लिएर रोजगारीमा गएको हुनुपर्नेछ । यस्ता श्रमिकले ३२ इन्चभन्दा ठूलो साइजको टेलिभिजन ल्याएमा भन्सार शुल्क भुक्तानी गर्नुपर्नेछ । 

श्रमिकले दुईवटासम्म मोबाइल ल्याउन पाउने भनिएको हैन र ?
सरकारले स्पष्ट रूपमा नै भनेको छ, श्रमिकले एउटा आफूले प्रयोग गरेको र अर्को थप एउटा नयाँ मोबाइल नेपाल आउँदा साथमा ल्याउन पाउँछन् । अन्यथा, भन्सार शुल्क भुक्तानी गर्नुपर्छ । यसका लागि पनि श्रमिक वैदेशिक रोजगारीमा रहेको कम्तीमा पनि ६ महिना हुनुपर्नेछ । तर, श्रमिकले नयाँ मोबाइल किनेर आफूले प्रयोग गरेको हो भन्दै ल्याउँछन् । यसरी ल्याएका मोबाइल एमडिएमएसमा दर्ता भएन भने चल्दैन । 

श्रमिकलाई नेपालमा मोबाइल चलाउन समस्या नहोस् भनेर नै भन्सार क्लियर गर्न खोजिएको हो । श्रमिकले नयाँलाई आफूले प्रयोग गरेको हो भनेर भन्सार छलेर मोबाइल ल्याए भने पनि त्यो मोबाइल एमडिएमएसमा दर्ता हुन सक्दैन । यसले समस्या श्रमिकलाई नै हुन्छ । त्यसैले आफैँले स्वघोषणा गरेर नै मोबाइल ल्याउनु उपयुक्त हुन्छ । 

ad
ad