१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपालगन्ज आइसिपी  अझै सञ्चालनमा आएन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:२४:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले डेढ महिनाअघि उद्घाटन गरेको नेपालगन्जस्थित एकीकृत जाँच पोस्ट (आइसिपी) अझै सञ्चालनमा आउन सकेको छैन । २० जेठमा दिल्लीबाट उद्घाटन गर्दा दुई देशका मालवाहक गाडी सीमा वारपार गराइएको थियो । तर, आइसिपीभित्र भौतिक संरचना निर्माणको काम जारी नै रहेकाले सञ्चालनमा आउन नसकेको भवन डिभिजन कार्यालय नेपालगन्जका प्रमुख विजयकेशर खनालले जानकारी दिए । 

आइसिपी नेपालगन्ज र भारतको रुपइडिहामा अवस्थित छ । नेपालतिर ८७ बिघामा फैलिएको आइसिपीमा पार्किङ, गोदाम, भन्सार, प्रशासनिक भवन, क्वारेन्टिन भवन, नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यालय, बैंक, भन्सार एजेन्ट, नापतौल, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायतका लागि पूर्वाधार निर्माण हुनुपर्नेछ ।

अन्य संरचना निर्माण पूरा भए पनि अहिलेसम्म भन्सार, प्रशासनिक भवन, पशु क्वारेन्टिन, प्लान्ट क्वारेन्टिन, महिला प्रहरी ब्यारेक, आयात, निर्यात गोदाम घर निर्माणको क्रममा छ । ‘आइसिपीभित्र निर्माण भइरहेको नेपाल प्रहरी, सशस्त्र प्रहरी भवन, पानीट्यांकी र कम्पाउन्ड वाल फिनिसिङ भइरहेको छ,’ भवन डिभिजन प्रमुख खनालले भने । 

उनले भौतिक संरचना निर्माणको प्रगति ९५ प्रतिशत भइसकेको बताए । आइसिपीलाई आवश्यक पर्ने विद्युत्का लागि नेपाल विद्युत् प्राधिकरणलाई पैसा बुझाइसकेको बताए । ‘विद्युत् लाइन तान्नका लागि हामीले रकम बुझाइसकेका छौँ । तर, अहिलेसम्म विद्युत् लाइन तान्ने काम भएको छैन,’ उनले भने, ‘सम्पूर्ण भौतिक संरचना निर्माण गर्न अझै डेढ–दुई महिना लाग्छ । आइसिपी दसैँअघि सञ्चालनमा आउने छाँट देखिँदैन ।’ आइसिपी निर्माण कार्य पूरा नभएकाले दुई देशका मालवाहक गाडी जमुनाह भएर आउजाउ गरिरहेको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत डिल्लुप्रसाद शर्माले बताए । 

ad
ad