१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३ बुधबार
  • Saturday, 21 September, 2024
२o८o श्रावण ३ बुधबार १३:२१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मनहरीमा रोपियो नरिवलको १२ सय बिरुवा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ३ बुधबार १३:२१:oo

मकवानपुरको मनहरी गाउँपालिका– ४ स्थित नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा एक हजार दुई सय थान नरिवलको बिरुवा रोपिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम र वडाको करिब ११ लाख रुपैयाँ बजेटबाट नरिवलको बिरुवा रोपिएको हो।

पालिकाको ४ नम्बर वडामा सुरु गरिएको नरिवलको बिरुवा रोप्ने कार्यलाई गाउँपालिकाले विस्तार गर्दै लैजाने जनाएको छ। मकवानपुर जिल्लामै पहिलोपटक सुरु गरिएको नरिवल खेतीलाई निरन्तरता दिने मनहरी गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममै उल्लेख गरेको छ।

गाउँपालिकाको आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रमको वन, वातावरण तथा विपत् व्यवस्थापन शीर्षकमा सामुदायिक वन तथा डिभिजन वनको सहयोगमा नदी उकास पर्ती जमिनमा आर्यआर्जन गर्ने गरी नरिवलको बिरुवा रोप्ने कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

पालिकाको ४ नम्बर वडा कार्यालयको अगुवाइमा करिब चार बिघा क्षेत्रफल सार्वजनिक जग्गामा नरिवल खेती सुरु गरिएको हो । यस कार्यलाई निरन्तरता दिँदै जाने गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए।

‘सायद मकवानपुरमै पहिलोपटक हुन सक्छ, यस गाउँपालिकाको ४ नम्बर वडाको सार्वजनिक जग्गामा नरिवल रोपिएको छ। यसलाई निरन्तरता दिँदै चालू आर्थिक वर्षमा पनि नरिवलको बिरुवा रोप्ने कार्यलाई निरन्तरता दिन नीति तथा कार्यक्रममै उल्लेख गरेका छौँ,’ उनले भने । 

गाउँपालिका अध्यक्ष कालाखेतीले नरिवल रोपेर नदी उकास जमिनको संरक्षण हुनुका साथै बस्ती जोगाउन र आयआर्जनमा सहयोग पुग्ने विश्वास लिएको बताए ।

यस्तै पालिकाको ४ नम्बर वडा अध्यक्ष प्रकाश थापाले तटबन्धपछि रहेको नदी उकास जग्गामा वडा कार्यालयको अगुवाइमा एक  हजार दुई सय नरिवलका बिरुवा रोपिएको जानकारी दिए। नदी उकास जग्गा अतिक्रमणमा पर्ने सम्भावना बढ्दै गएपछि संरक्षणसँगै वडा र पालिकाको आयआर्जनका लागि स्रोत बढाउने लक्ष्यसहित नरिवल खेती सुरु गरिएको उनले बताए ।

वडाका केही स्थानमा नरिवल फलेको भेटिएपछि परीक्षणको रूपमा लगाइएको वडाध्यक्ष थापाको भनाइ छ । नरिवल खेतीको गोडमेल, संरक्षणलगायतका काम वडा कार्यालयले नै गर्ने अध्यक्ष थापाले बताए ।