१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३ बुधबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ३ बुधबार १o:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

एक वर्षमा साढे ८५ अर्बको धितोपत्र निष्कासन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ३ बुधबार १o:३३:oo

नेपाल धितोपत्र बोर्डले एक वर्षको बीच अर्थात् आव ०७९/८० मा ७८ वटा कम्पनीबाट ८५ अर्ब ५४ करोड ८९ लाख रुपैयाँबराबर धितोपत्र निष्कासनको अनुमति दिएको छ । प्राथमिक सेयर (आइपिओ) डिबेन्चर, एफपिओ, हकप्रद र म्युचुअल फन्ड निष्कासन भएका हुन् ।  

गएको आर्थिक वर्षमा ४२ वटा कम्पनीले २२ अर्ब ३७ करोड रुपैयाँको प्राथमिक सेयर निष्कासन अनुमति पाएका छन् । निष्कासन हुनेमा अधिकांश कम्पनी जलविद्युत्सँग सम्बन्धित रहेका छन् । सेयर जारी गर्ने कम्पनीहरूमध्ये केहीले प्रिमियममा आइपिओ निष्कासन गर्न स्वीकृति पनि पाएका छन् । त्यस्तै, १२ वटा बैंकले ३१ अर्ब रुपैयाँको डिबेन्चर जारी गर्न अनुमति पाएका छन् ।

सातवटा कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १५ अर्ब ९८ करोड २४ लाख २० हजार ७१ रुपैयाँको हकप्रद सेयर जारी गर्न अनुमति पाएका छन् । यिनीहरूले १५ करोड ९८ लाख २४ हजार दुई सय एक कित्ता राइट सेयर जारी गर्न अनुमति पाएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । त्यस्तै, गत आवमा कुल १६ वटा फन्डहरूले १६ अर्ब १५ करोड रुपैयाँबराबरको धितोपत्र जारी गर्न अनुमति पाएका छन् । यसमा खुला र बन्दमुखी दुवै योजना रहेका छन् ।

यस वर्ष एफपिओ जारी गर्ने एक मात्र कम्पनी रहेको छ । बोर्डका अनुसार युनिक नेपाल लघुवित्तले मात्र एफपिओ जारी गर्न अनुमति पाएको हो । पुँजी बजारमा सबैभन्दा ठूलो हिस्सा बैंक तथा वित्तीय संस्था रहेको छ । अघिल्लो आर्थिक वर्षमा तरलता संकट र आर्थिक मन्दीका कारण कम्पनीहरूलाई पुँजी जुटाउनका लागि प्राथमिक सेयर जारी गर्नेको संख्या बढेको भनाइ छ । 

हाल वित्तीय संंस्थाको बजार हिस्सा ६२ प्रतिशत रहेको छ । जलविद्युत् समूहको सेयर हिस्सा पनि बढ्दै आएको छ । कम्पनीहरूको संख्या थप हुँदै जाँदा यस समूहको सेयर हिस्सा बढ्दै गएको हो । जलविद्युत् समूहको १४ दशमलव ३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष जलविद्युत् समूहको सेयर हिस्सा १२ प्रतिशत रहेको थियो । त्यस्तै, लगानीगत समूहको सात दशमलव २ प्रतिशत हिस्सा पुगेको छ । अघिल्लो आर्थिक वर्षमा उक्त सेयर हिस्सा ७ प्रतिशत मात्र रहेको थियो । 

ad
ad
ad
ad