१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १६:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हेटौँडाबाट तीन लाख ७८ हजारको अवैध सामान बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १६:१२:oo

मकवानपुर प्रहरीले हेटौँडाबाट आइतबार तीन लाख ७८ हजारबराबरको भन्सार छली गरी ल्याएको अवैध सामान बरामद गरेको छ।

प्रहरीले आइतबार बिहान २ बजेको समयमा हेटौँडा– १५ रातोमाटेमा रहेको प्रहरी पोस्टमा सवारीसाधन रोकी जाँच गर्ने क्रममा बिलबिजक नभएको सामान बरामद गरेको हो।

मकवानपुर प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरीले एक हजार थान लेडिज कुर्था र २४ केजी काजु बरामद गरेको छ।

प्रवक्ता कार्कीले बरामद भएको कुर्थाको अन्दाजी तीन लाख ५० हजार र काजुको २८ हजार आठ सय  रुपैयाँ मूल्य पर्ने जानकारी दिए।

बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको पनि प्रवक्ता कार्कीले बताए।

ad
ad