१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ८ आइतबार १३:०४:००
Read Time : < 1 मिनेट
समाचार

पार्टी एकताको बाँकी काम टुंगियो : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ८ आइतबार १३:०४:००

सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको बाँकि काम टुंगिएको दाबी गरेका छन् ।

अध्यक्ष दाहाले नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर भोली (सोमबार) घोषणा गर्ने गरी पार्टी एकताको बाँकी काम पनि टुंग्याइएको घोषणा गरे । पार्टीको प्रदेश नम्बर ३ ले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी एकताको बाँकी काम आइतबार बिहान नै प्रधानमन्त्री केपी ओलीसँगको छलफलबाट टुंगो लगाइएको र त्यसलाई सोमबार घोषणा हुने गरी निर्णय लिन अपराह्न ६ बजे पार्टीको सचिवालय बैठक बोलाइएको जानकारी दिए । अध्यक्ष दाहालले पार्टी एकताको काममा केही ढिलाई भएपनि अब ढिलाई हुन्छ कि भन्ने शंका नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।

अध्यक्ष दाहालले पार्टी र पार्टी नेतृत्वको सरकारले जनताको अपेक्षा अनुसार काम गरे/नगरेको समीक्षा गरेर अघि बढ्ने बताए । उनले जनताको अपेक्षा अनुसार पार्टी र सरकारको कामलाई अघि बढाउन ‘समृद्ध नेपालः सुःखी नेपाली’को नारा अघि सारिएको स्मरण गराए ।