१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री खनालबीच छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:२४:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्ड र खनालबीच मंगलबार बिहान छलफल भएको हो । 

दुई नेताबीच इलामको चियाको समस्याबारे छलफल भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । इलामका चिया व्यवसायीले पूर्वप्रधानमन्त्री खनाललाई भेटी चियाको समस्याबारे जानकारी गराएपछि खनालले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । 

भारतीय पक्षले नेपालको चिया लान छोडेपछि इलामका उद्योगपतिहरू र किसानहरू मार्कामा परेका छन्। डेढ वर्षअघि पनि भारतले नेपालको चिया आयातमा रोक लगाएको थियो । तर, नेपालको पहलपछि  चिया नियमित किनबेच भइरहेको थियो।

ad
ad