१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o८:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

ललितानिवास प्रकरण : सचिव राउतमाथि ‘फेक इन्काउन्टर’को समेत जाहेरी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:o७:oo

ललितानिवासको जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतमाथि अर्काे फौजदारी जाहेरी पनि प्रहरीमा छ । सर्लाहीका कुमार पौडेलको ‘इन्काउन्टर’ घटनामा उनीविरुद्ध परेको जाहेरीमाथि प्रहरी अनुसन्धान जारी छ ।

विप्लव समूहको नेकपाका जिल्ला इन्चार्ज रहेका पौडेलको ५ असार ०७६ मा प्रहरको गोलीबाट मृत्यु भएको थियो । त्यतिवेला राउत सर्लाहीको प्रमुख जिल्ला अधिकारी थिए । प्रहरीले इन्काउन्टर भने पनि मानव अधिकार आयोगले नियन्त्रणमा लिएर गोली हानी पौडेलको हत्या गरेको निष्कर्ष निकालेको थियो । यो घटनामा राउत प्रत्यक्ष संलग्न नभए पनि जिल्लाको सिडिओ भएका आधारमा उनीविरुद्ध समेत जाहेरी परेको थियो । 

सुरुमा प्रहरीले जाहेरी लिन नमानेकोमा सर्वाेच्च अदालतले जाहेरी दर्ता गर्न आदेश दिएको थियो । सोही आधारमा सिडिओ राउत, मधेस प्रदेशका तत्कालीन डिआइजी हरिबहादुर पाल, सर्लाहीका तत्कालीन एसपी गोपालचन्द्र भट्टराई, बागमती नगरपालिकाका मेयर भरत थापा, इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने र इलाका प्रहरी कार्यालय नवलपुरका सइ सूर्यकुमार कार्कीविरुद्ध जाहेरी दर्ता भएको थियो ।

यद्यपि, उनीहरू कोही पनि त्यो प्रकरणमा प्रत्यक्ष संलग्न थिएनन् । तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले खटाएका इन्स्पेक्टर कृष्णदेव शाह नेतृत्वको टोलीले अरूलाई जानकारी नै नदिई गोली चलाएको थियो । जसमा शाहसहित हवल्दार सत्यनारायण मिश्र र विनोद शाहविरुद्ध त कर्तव्य ज्यान मुद्दा नै चलाउन मानव अधिकार आयोगले सिफारिस गरेको थियो ।

तर, यसले प्रहरी कर्मचारीको मनोबल खस्कने भन्दै प्रहरी प्रधान कार्यालयले सिफारिस कार्यान्वयन गरेको छैन । जाहेरीउपर पनि अनुसन्धान अघि बढेको छैन । सचिव राउतलाई आइतबार प्रहरीको सिआइबीले पक्राउ गरेको थियो । 

ad
ad