१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
शिल्पा कर्ण काठमाडौं
२o८१ जेठ ३ बिहीबार १९:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

छोरीको उत्तरपुस्तिका सच्याउने लोकसेवाका शाखा अधिकृत शाहीलाई ६ महिना कैद

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १९:५७:oo

विशेष अदालतले लोकसेवा आयोगका शाखा अधिकृत मीमबहादुर शाहीलाई ६ महिना कैद सजाय सुनाएको छ। झुठा विवरण पेस गरी भ्रष्टाचार गरेको अभियोग लगाइएकोमा उनलाई कैद र जरिवाना तोकिएको हो। 

विशेषका सदस्यत्रय यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासबाट मंगलबार यस्तो फैसला भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ वैशाख ०७८ मा शाहीलाई प्रतिवादी बनाउँदै मुद्दा चलाएको थियो। 

जसमाथि दुई वर्षपछि फैसला गर्दै विशेषले कसुर कायम गरेको हो। शाहीलाई ६ महिना कैदका साथै २० हजार रुपैयाँ जरिवाना तोकेको उपरजिस्ट्रार नारद भट्टराईले जानकारी दिए। 

शाहीकी छोरी नेपाल वायु सेवा निगमको खुला समावेशीतर्फको परीक्षामा सहभागी थिइन्। छोरीलाई सहायक चौथो पदको परीक्षामा सहभागी गराई उनलाई सफल गराउने नियतले उत्तरपुस्तिका सच्याएको भेटिएको थियो।

ad
ad