Skip This
प्रहरी महानिरीक्षकद्वारा दुईवर्षे कार्ययोजना सार्वजनिक 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २३ शनिबार
  • Saturday, 27 July, 2024
शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा नयाँ कार्ययोजना सार्वजनिक आइजिपी वसन्तबहादुर कुँवर
नयाँ पत्रिका काठमाडाैं
२o८o असार २३ शनिबार o७:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रहरी महानिरीक्षकद्वारा दुईवर्षे कार्ययोजना सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार २३ शनिबार o७:२६:oo

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरीको दुईवर्षे कार्ययोजना सार्वजनिक गरेका छन् । १३ वटा लक्ष्य राखेर बनाइएको कार्ययोजनामा आन्तरिक सुदृढीकरण प्रमुख छ । 

नीति तथा कानुनमा सुधार गर्ने, विशिष्टीकृत तथा वैज्ञानिक अनुसन्धान प्रणालीको विकास, प्रहरी सेवामा प्रविधिमैत्री प्रणाली विकास गर्ने, कल्याणकारी योजना विस्तार गर्ने, संघीय संरचनाअुनसार समायोजन गर्ने, प्रहरी इतिहासको संरक्षण र प्रवद्र्धन गर्नेलगायत उद्देश्य कार्ययोजनामा छन् ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा नयाँ कार्ययोजन सार्वजनिक गरिएको हो । यो कार्ययोजनाले प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यावसायिक सुदृढीकरण गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास र रूपान्तरण हुने महानिरीक्षक कुँवरको भनाइ छ । 

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक कुँवरले सुदृढीकरणका काम सुरु भइसकेको बताए । कुँवर आइजिपी भएपछि करिब साढे चार हजार प्रहरीलाई दरबन्दीमा खटाइएको छ । उनीहरू विगतमा पहुँचका आधारमा अनुकूल कार्यालयमा बस्दै आएका थिए । साथै, सरुवा प्रणालीलाई व्यवस्थित गरी अनिवार्य रूपमा फर्म फेर्नुपर्ने प्रणाली विकास गरिएको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले बताए । 

प्रहरी रूपान्तरणका लागि अहिले उपयुक्त समय भएकाले सबै मिलेर प्रहरीको सुदृढीकरणमा लागेको महानिरीक्षक कुँवरले बताए । प्रधानमन्त्री, गृहमन्त्रीलगायतको सहयोगले प्रहरी रूपान्तरणका लागि उपयुक्त वातावरण सिर्जना भएको बताएका हुन् ।