१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २३ शनिबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार २३ शनिबार o६:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बाढीपीडितलाई राहत दिन र जोखिमको अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २३ शनिबार o६:५९:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढीपीडितलाई राहत दिन र विपत्को जोखिममा रहेका बस्तीको अध्ययन गरी स्थानान्तरणको प्रबन्ध मिलाउन निर्देशन दिएका छन् ।

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष प्रचण्डले भने, ‘निजी तथा सार्वजनिक संरचना र सम्पत्ति, भौतिक क्षति तथा नोक्सानीको आकलन गर्न, जोखिमयुक्त बस्तीको अध्ययन गर्न र जोखिमयुक्त देखिएका बस्ती स्थानान्तरणको उपयुक्त प्रबन्ध मिलाउन निर्देशन दिन्छु ।’

उनले मनसुनजन्य घटनाबाट मानवीय क्षति पुगेका र घरवारविहीन बनेका परिवारलाई राहत वितरण गर्न र निजी आवास पुनर्निर्माणमा सहयोग गर्न पनि मातहतका निकायलाई निर्देशन दिए । 

ad
ad
ad
ad