१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १९:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

डोल्पाको त्रिपुरासुन्दरी साक्षर नगरपालिका घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:२o:oo

हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका साक्षर नगरपालिका घोषणा भएको छ । शुक्रबार भव्य कार्यक्रमबीच साक्षर नगरपालिका घोषणा गरिएको हो ।

नगरक्षेत्रभित्रका १५ देखि ५९ वर्ष उमेर समूहका ९५.१३ प्रतिशत जनसंख्या साक्षर भएसँगै नगरपालिकालाई साक्षर घोषणा गरिएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख भीमबहादुर थापाले जानकारी दिए ।

साक्षर नगरपालिका घोषणा कार्यक्रममा बोल्दै नगरका प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले शिक्षा जीवनको नभई नहुने आधार र भविष्य निर्माणको अस्त्र भएकाले शिक्षाको अवसर कसैले पनि गुमाउन नहुने बताए । नगरपालिमा शैक्षिक सुधारका लागि सबकौ सरसहयोग आवश्यक रहेकोसमेत उनले बताए ।

त्यसैगरी, कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायले विद्यालयमा पढाउनु मात्र शिक्षा नभई शिक्षकले व्यावहारिक ज्ञान पनि दिनुपर्ने बताए ।

कार्यक्रममा नगरपालिकाका सम्पूर्ण सिकाइ केन्द्रका अध्यक्ष तथा कर्मचारीलाई प्रमाणपत्र र खादासहित सम्मानसमेत गरिएको थियो । कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका सभाध्यक्ष तथा नगरप्रमुख जनचन्द्र रोकायले नगरपालिकाले नगरक्षेत्रका बेसहारा बालबालिकालाई शिक्षा पाउने ग्यारेन्टी गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

त्यसका लागि नगरपालिकाले बजेटसमेत विनियोजन गरेको नगरप्रमुख रोकायले बताए । अब चाँडै जिल्ला घोषणाका लागि अन्य स्थानीय तहहरू पनि पालिका घोषणातिर लाग्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयका प्रधानाध्यापक, शिक्षक, राजनीतिक दलका नेतृत्व, नागरिक समाज, सरोकारवालालगायतको उपस्थिति रहेको थियो ।

त्रिपुरा माध्यमिक विद्यालय काटियाचौर, त्रिपुराकोट माध्यमिक विद्यालय मद्धुलगायतका विद्यालयमा अध्ययनरत विद्यार्थीले नृत्य, कविता, गीतलगायतका कला प्रस्तुत गरेका थिए ।
 

ad
ad