मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २० बुधबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असार २० बुधबार १६:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदमा प्रतिपक्षको अवरोध, मिटरब्याजसम्बन्धी विधेयक आजै पारित नभए स्वतः निष्क्रिय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २० बुधबार १६:५८:oo

विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक आधा घन्टा स्थगित भएको छ।

प्रधानमन्त्री बनाउन प्रितम सिंह पटकपटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलहरू एमाले, रास्वपा र राप्रापाका सांसदहरूले विरोध जनाएपछि बैठक आधा घन्टाका लागि स्थगित भएकाे हाे। 

यता, आजै मिटरब्याज कानुनसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने बाध्यता छ। सरकारले आजै दफाबार छलफलसहित पारित गर्ने तयारी गरेको छ। आज विधेयक पारित नभए स्वतः निष्क्रिय हुनेछ।