१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २० बुधबार
  • Saturday, 21 September, 2024
तिवारी यादव वीरगन्ज
२o८o असार २० बुधबार ११:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारप्रति जनताको विश्वास घट्दै छ : सांसद भट्टराई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार २० बुधबार ११:४७:oo

नेकपा एमाले सांसद तथा केन्द्रीय सचिव योगेश भट्टराईले अहिलेको सतागठबन्धनको सरकारप्रति जनताको विश्वास घट्दै गएको बताएका छन्। उनले पुस १० मा एमालेको समर्थनमा निर्माण भएको सरकारको विश्वास अहिले ओरालोतर्फ उन्मुख हुँदै गएको बताएका हुन्।
 
प्रेस चौतारी पर्साले बुधबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएकै समयदेखि सरकारको आयु घट्दै गएको दाबी गरे। 
 
उनले वर्तमान सरकार जनताको समस्याप्रति उदासीन देखिएको भन्दै भर्खरै आएको बजेटले पनि उक्त कुरा पुष्टि गरेको बताए। भर्खरै पास भएको बजेटमा गठबन्धनका ठूला नेताले आफ्नोअनुकूल मात्र बजेट बनाएको र उक्त बजेटले जनताको समस्या सम्बोधन नहुने उनको भनाइ छ।
 
नेता भट्टराईले अहिले खेतीपातीको सिजनमा पर्याप्त मल नपाएको र लाइन लाग्दासमेत पाँच किलो मात्र पाउने गरेको दाबी गरे। बजारमा मल अभाव हुँदा पनि प्रधानमन्त्री र कृषिमन्त्रीले सदनमा पर्याप्त मल मौज्दात रहेकोे दाबी मात्र गर्ने गरेको भट्टराईले बताए।

सिँचाइ अभावमा तराई मधेसमा सहज ढंगले खेती हुन नसकेको र पशुचौपायामा लम्की स्किन नामक रोग लाग्दासमेत सरकार बेखबर रहेकोमा चिन्ता व्यक्त गरे।एक फरक प्रसंगमा भट्टराईले आउने ०८४ सालको आमनिर्वाचनमा मधेस प्रदेशको ३२ वटै सिट जित्ने गरी पार्टी लागेको बताए।

पूर्वमन्त्रीसमेत रहेका भट्टराईले एमालेले अब वडा तहसम्म प्रशिक्षण अभियान चलाउने, पार्टीभित्रका  कमजोरीलाई सच्याउँदै टोलटोलमा संगठन विस्तार गर्ने अभियानमा रहेको जानकारी गराए। उनले मंसिर ५ र ६ गते मधेस प्रदेशको प्रथम अधिवेशन गर्ने तथा चैतसम्म सम्पूर्ण जिल्लाको अधिवेशन सम्पन्न गर्ने लक्ष्य रहेको बताए।