मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १७ आइतबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असार १७ आइतबार ११:५o:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार १७ आइतबार ११:५o:oo

गर्मीको समय धेरैको रोजाइमा सिम्पल डिजाइनका साडी पर्ने गरेका छन् । साडी तथा लेहेंगामा ह्यान्डवर्कअनुसार बुटिकको मूल्य बढी पर्न जान्छ । सादी, भर्कन, कोरा, पोतेलगायत मिसाएर काम गर्नुपर्ने हुन्छ । महँगा साडीका लागि डिजाइनरले प्लानिङ धेरै गरेका हुन्छन्, मिहिनेत धेरै लाग्ने भएकाले मूल्य पनि धेरै पर्छ । यस्ता साडी प्रायः विवाहको मौसममा बिक्छन् । अन्य समयमा भने युवतीहरूको रोजाइमा सिम्पल साडी नै पर्ने गर्छ । ह्यान्डवर्क नगरिएका रेडिमेड साडीको मूल्य स्वाभाविक रूपमा कम पर्न जान्छ र लगाउनका लागि पनि हल्का र सहज हुन्छ । 

सिफन : यो पहिल्यैदेखि चलेको कपडा हो । मुलायम र पातलो हुने भएकाले गर्मीमा यसलाई लगाउन सजिलो हुन्छ । यसलाई ड्राई गरेर चाहेजस्तो कलरमा पनि बनाउन सकिन्छ । 

जर्जेट : यो सिफनभन्दा अलिकति मोटो र खस्रो हुन्छ । तर, पातलै साडीको श्रेणीमा पर्छ  । बिहे र अन्य काममा ह्यान्डवर्क गर्नका लािग यो राम्रो र पारदर्शी हुन्छ । हाम्रो समाजमा यसको प्रयोग पनि अत्यधिक छ । 

नेट : नेट अति पारदर्शी हो । नेट लगाउँदा साइनिङ भएकाले धेरैले साटिन सिल्कको नेट लगाउन रुचाउँछन् । 

टिस्यु : टिस्युचाहिँ नेटभन्दा अलिकति मोटो हुन्छ । यो हेर्दा प्लास्टिकजस्तो पनि देखिन्छ । यो पनि पारदर्शी हुन्छ ।