मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १५ शुक्रबार
  • Tuesday, 17 December, 2024
२o८o असार १५ शुक्रबार o७:१३:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार १५ शुक्रबार o७:१३:oo

प्राध्यापक, विद्यार्थी र कर्मचारीको भ्रातृ संस्था बनाउनु हुँदैन भन्ने आवाज नेताले नै उठाउनुलाई कसरी हेर्नुभएको छ?
राजनीति, प्राध्यापक र विद्यार्थीको सम्बन्ध धेरै पुरानो हो । विद्यार्थी र मजदुर युनियन नै कांग्रेस र कम्युनिस्टका सबैभन्दा ठूला शक्ति बन्दै आएका छन् । राजनीतिक परिवर्तनमा यस वर्गको ठूलो महत्व रहेको छ । ठूला आन्दोलनमा परिवर्तनका वाहक यिनै भए । नेपालको राजनीतिमा धेरै नेता शिक्षक र विद्यार्थी पृष्ठभूमिबाटै आएका छन् । यस वर्गको सदुपयोग गर्न नजानेका कारण अहिले नेताहरूबाट यस्ता आवाज उठेको हो । तर, यसबाट राम्रो बहस भने सुरु भएको छ । 

प्राध्यापक, शिक्षक र विद्यार्थीलाई राजनीतिबाट अलग गर्न सम्भव छ ?  
कर्मचारीलाई राजनीति गर्नबाट रोक्न नसकेका नेता र दलले विद्यार्थी र शिक्षकलाई कसरी रोक्लान् र ? यो सम्भव हुँदैन । यो राति आठ बजेसम्म भट्टी खोल्दा जँड्याहा बढे भनेर रेस्टुरेन्ट बन्द गर्ने चेष्टाजस्तो शतप्रतिशत सम्भव नहुने विषय हो । दलहरूले यिनीहरूको भूमिकालाई सदुपयोग गर्न सक्नुपर्छ । मेरिट, क्यापासिटी र सिनियारिटीका आधारमा प्राज्ञिक नियुक्ति गर्ने र विद्यार्थीलाई नेतैपिच्छेका गुट बनाउन नदिने हो भने समस्या हुँदैन ।

 यो सार्वजजिक खपतका लागि मात्रै  नेताहरूले बोलेका हुन् त ?
नेपालको अहिलेकै अबस्थामा यो सम्भव छैन । शिक्षक नियुक्तिमा राजनीति यसको परिणाम हो । ०४७ पछि पार्टीका मान्छेलाई भिसी र रेक्टर बनाउने चलन सुरु भयो । अहिले जोजो उफ्रिरहेका छन्, तिनीहरू नै बिस्तारै यस्ता भ्रातृ संस्था बनाउन लाग्नेछन् ।