१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ६ बुधबार
  • Wednesday, 26 June, 2024
२o८o असार ६ बुधबार o८:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व प्रिन्ट संस्करण

चीनले हालसम्मकै उच्च परिमाणमा रुसी तेल किन्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार ६ बुधबार o८:४५:oo

मस्कोले फेब्रुअरी २०२२ मा युक्रेनमा गरेको आक्रमणपछि गत महिना (मे महिना) रुसी तेलको चिनियाँ आयात उच्च बिन्दुमा पुगेको भन्सारको तथ्यांकले देखाएको छ । चीन रुसको सबैभन्दा ठूलो आर्थिक साझेदार मुलुक हो । दुई देशबीचको व्यापार गत वर्ष १९० अर्ब अमेरिकी डलर पुगेको थियो । मे महिनामा चीनले रुसबाट ९७ लाख १० हजार टन तेल आयात गरेको थियो, जुन फेब्रुअरी २०२२ को तुलनामा दोब्बरभन्दा बढी हो ।

यो तथ्यांकले दुई देशबीचको आर्थिक सम्बन्धको बढ्दो घनिष्ठतालाई संकेत गरेको छ । गत वर्षको अन्त्यमा कठोर शून्य–कोभिड नीतिको अन्त्यपछि चिनियाँ अर्थतन्त्रको पुनरोत्थानले रुस–चीन व्यापार बढेको हुन सक्ने अनुमान पनि छ । 

गत मार्चमा भएको शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२३ मा व्यापारलाई २०० अर्ब अमेरिकी डलर पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए । युक्रेनमाथिको आक्रमणपछि पश्चिमा मुलुकले रुसमाथि लगाएको प्रतिबन्धका कारण त्यस भेगतर्फ रुसी व्यापारमा गिरावट आएको थियो । रुसले युरोपेली बजारको विकल्पमा चीनसहित एसियाली मुलुकहरू पाएको छ ।

चीन पहिले नै साइबेरिया पाइपलाइनद्वारा रुसी स्रोतसँग जोडिएको छ । राष्ट्रपति सीसँगको वार्तापछि पुटिनले नयाँ ‘पावर अफ साइबेरिया–२’ परियोजनाका लागि ‘सबै सम्झौता भएको’ जानकारी दिएका थिए । त्यस पाइपलाइनले चीनमा वार्षिक ५० अर्ब क्युबिक मिटर प्राकृतिक ग्यासको परिवहनको सुविधा प्रदान गर्न सक्छ । बेइजिङले रुस–युक्रेन युद्धमा आफू तटस्थ पक्ष भएको दाबी गरे पनि मस्कोको आक्रमणको निन्दा गर्न अस्वीकार गर्दै आएको छ । यसका कारण पश्चिमा देशले चीनको तटस्थतामा अशंका व्यक्त गर्दै आएका छन् । 

ad
ad
ad
ad