सप्तरीको बथनाहाका घर–घरमा साहुकार वेदनारायण यादवले आतंक फैलाएका छन्।
सप्तरीको महादेवा गाउँपालिका– ३ बथनाहाका विजय यादवको घरगोठ भत्काएर परिवारका सदस्यलाई रुखमा बाँधेर बर्बर यातना दिएका साहुकार वेदनारायणको आतंकबाट पीडितहरू न्याय गुहार्दै प्रशासन कार्यालय पुगेका छन्।
बथनाहाका दर्जनौँ विपन्नको बिल्लीबाठ पारेका वेदनारायणले उनीहरूमाथि धाकधम्की दिइरहेका छन्। साहकारको धाकधम्कीका बाबजुत पीडित आइतबार जिल्ला प्रशासन कार्यालय पुगेर न्याय मागेका हुन्।
नयाँ पत्रिकामा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएकाे जनाउँदै जिल्लामा मिटरब्याजीहरूकाे आतंक नियन्त्रणका लागि मधेसी आयाेगले अपिल गरेकाे छ।