१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ३ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार ३ आइतबार १६:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बजेटले संघीयताको मर्मलाई बुझ्न सकेन : सन्तोष परियार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ३ आइतबार १६:o८:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले अहिलेको बजेटले संघीयताको मर्मलाई बुझ्न नसकेको बताएका छन्।

आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटबारे गरेको छलफल कार्यक्रममा उनले आर्थिक रूपमा संघीयताबारे उल्लेख्य काम हुन नसकेको गुनासो गरे। केन्द्रले स्थानीय तहको अधिकार मिचेर ससर्त अनुदान दिएको बताउँदै उनले कार्यविधि केन्द्रले बनाएर स्थानीय तहमा पठाउने कुरा गलत भएको उल्लेख गरे।

‘आर्थिक रूपमा संघीयताबारे उल्लेख्य काम भएको छैन । अहिलेको बजेटले संघीयताको मर्मलाई बुझेन । जस्तो ससर्त अनुदानको कुरा छ । त्यो भनेको के हो ? त्यो भनेको केन्द्र हाबी भएको हो । केन्द्रले स्थानीय तहको अधिकार मिचेको हो । कार्यविधि केन्द्रले बनाएर तल पठाउने काम पनि गलत हो,’ प्रमुख सचेतक परियारले भने।

उनले संघीयता खर्चालु भयो भनेर संघीयतामाथि मिथ्या सूचना फैलाइएको भन्दै असन्तुष्टि व्यक्त गरे।