१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o८:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

दुगड ग्रुपका अध्यक्ष अमेरिकामा सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:२८:oo

एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड अमेरिकामा सम्मानित भएका छन् । उनलाई मेरिल्यान्ड राज्य सभाले सम्मान गरेको हो । 

दुगड लामो समयदेखि नेपालको आर्थिक समृद्धि तथा रोजगारी सिर्जनामा उनले गरेको योगदानका लागि सम्मानित भएको जनाइएको छ । मेरिल्यान्ड राज्य सभाको यो सम्मान पाउने उनी पहिलो नेपाली भएको दुगड ग्रुपले जनाएको छ । 

दुगड परिवारको व्यावसायिक यात्रालाई अझ समृद्ध र सबल बनाउँदै एमभी दुगड ग्रुप नेपालको बैंकिङ, लाइफ इन्स्योरेन्स, जेनेरल इन्स्योरेन्स, जलविद्युत्, कमर्सियल गाडी, कृषिसम्बन्धी उपकरण, निर्माण उपकरणलगायत आयात तथा बेचबिखन कार्यमा संलग्न रहेको जनाइएको छ । अध्यक्ष दुगड विभिन्न सामाजिक तथा परोपकारी कार्यहरूमा समेत संलग्न रहँदै विभिन्न संस्थाहरूमा आबद्ध रहेको उल्लेख छ । 

ad
ad