१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
फाेटाे : Twitter/@thecableng
२o८१ जेठ २ बुधबार २१:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

हैजाबाट १६ सयभन्दा बढी बिरामी, ४८ कोे मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार २१:o२:oo

नाइजेरियामा पछिल्लो चार महिनामा हैजाबाट ४८ जनाको मृत्यु भएको छ ।  नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसिडिसी) ले यस वर्षको अप्रिलको अन्त्यसम्ममा हैजाका एक हजार ६२९ बिरामी परेका र ४८ जनाको मृत्यु भएको जनाएको छ ।

देशको राजधानी अबुजामा आयोजित राष्ट्रिय हैजा योजना समीक्षा सम्मेलनमा एनसिडिसीका महानिर्देशक इफेदायो अडेटिफाले त्यसअवधिमा हैजाबाट १३ वटा राज्य प्रभावित भएको जानकारी दिए । 

स्वास्थ्य एजेन्सीले देशको हैजा प्रकोपको रोकथाम, नियन्त्रण र व्यवस्थापनलाई सुदृढ गर्न उपायहरू अपनाएको उनको दाबी छ । 

अधिकारीका अनुसार हैजाबाट बच्न र यसको फैलावटलाई पूर्ण रूपमा रोक्न सबै सरोकारवालाले आवश्यक उपायहरू अपनाउन सकेका छैनन् । 
(सिन्ह्वाको सहयोगमा)

ad
ad