मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ७ आइतबार
  • Sunday, 24 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ २१ आइतबार १५:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

क्रसबोर्डर डिजिटल पेमेन्ट सम्झौताले भुक्तानीमा थप सहजता आउँछ : गभर्नर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ २१ आइतबार १५:५०:००

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल पेमेन्टमा भएको सम्झौताले दुई देशबीचको भुक्तानीमा थप सहज हुने बताएका छन्।

आइतबार आर्थिक मिडिया सञ्चालक संघसँगको भेटमा गभर्नर अधिकारीले प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा भएको क्रसबोर्डर डिजिटल पेमेन्टलाई सहज गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेड (एसिएचएल) र नेसनल पेमेन्ट कर्पाेरेसन अफ इन्डिया (एनपिसिआई)बीच भएको सम्झौताले नेपाल र भारतबीच डिजिटल कारोबारमा सहजता ल्याउने बताए। नेपाल र भारतका एकै किसिमका संस्थाहरूबीच क्रसबोर्डर डिजिटल पमेन्ट सम्झौता भएकाले सीमामा रहेका भुक्तानी समस्या समाधान हुने गभर्नरको विश्वास छ।

‘इन्ट्रिग्रेसनपछि सीमानामा भारतबाट नेपाल आउने पर्यटकलाई पेमेन्टको समस्या छ। भारतको ठूला नोट नेपालले स्वीकार गरेका छैनौँ। नेपालबाट भारत जाने विद्यार्थी, उपचार गर्न जाने बिरामी, पर्यटनको लागि जानेहरू र तीर्थयात्रीहरू सबैलाई एक खालको नोट साट्नका लागि दौडधुप थियो। क्रसबोर्डर डिजिटल कारोबार हुने भएपछि सहज हुनेछ,’ उनले भने।

गभर्नर अधिकारीले राष्ट्र बैंकबाट दिनुपर्ने सहमति स्वीकृतिका लागि सहजीकरण गर्न राष्ट्र बैंकमा छुट्टै ट्रान्सफोर्सले काम गरिरहेको जानकारी दिए। भारतमा भारत पे लोकप्रिय रहेको उल्लेख गर्दै उनले नेपालमा पनि नेपाल पे ल्याउने तयारी भइरहेको बताए।