मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ १९ शुक्रबार
  • Friday, 28 August, 2026
२o८o जेठ १९ शुक्रबार १७:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तातोपानीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १९ शुक्रबार १७:१७:oo

जुम्लाको तातोपानी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।

तातोपानी– ६ चिमलडाँडामा शुक्रबार ट्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेमा तिला गाउँपालिका– ५ तिलाकोटका १६ वर्षीय विकास सुनारको मृत्यु भएको हो।

प्रहरी कार्यालय जुम्लाका अनुसार चिलिमडाँडाबाट ढुंगा बोकेर रावतवाडा आउँदै गरेको लु.४त ७९४८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट झन्डै ५० मिटर तल खसेको थियो।

घाइते सुनारको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृत्यु भएको प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए। ट्याक्टरका चालक फरार छन्।