Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १८ बिहीबार ०८:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नक्सा सच्याउन एकीकृत समाजवादीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १८ बिहीबार ०८:२१:००

सत्तारूढ एकीकृत समाजवादीले भारतको संसद् भवनमा राखिएको नक्सामा नेपाली भूमिसमेत समेटिएको भन्दै नक्सा सच्याउन भारत सरकारसँग माग गरेको छ । नेपाल सरकारलाई उक्त नक्सालगायत विषयमा अविलम्ब उच्चस्तरीय राजनीतिक वार्ता गरी नक्सालाई सच्याउन पनि एकीकृत समाजवादीले माग गरेको छ ।

नेपालका राष्ट्रिय स्वाधीनता एवं स्वाभिमान र राष्ट्रियतालाई अक्षुण्ण राख्ने कर्तव्य पालनामा सचेत रहन एकीकृत समाजवादीले सरकारको ध्यानाकर्षण गराएको हो । एकीकृत समाजवादीमा विदेश विभाग प्रमुख झलनाथ खनालले बुधबार विज्ञप्ति जारी गरेर भनेका छन्, ‘लुम्बिनी र कपिलवस्तु मात्र नभई सुगौली सन्धिले कायम गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायत सम्पूर्ण नेपाली भूभागमाथिको कुनै पनि हस्तक्षेप वा दाबी बन्द गरी नेपालको राष्ट्रियता, राष्ट्रिय अस्मिता र अस्तित्व स्वीकार गर्न सचेत गराउँदछौँ ।

नेपालमाथि नै रहेका सबै प्रकारका अतिक्रमणलाई बन्द गर्नसमेत आग्रह गर्दै दुई देशका जनता बीचमा सदिऔँदेखि रहेको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ धरातलमा उभ्याई बहुआयामिक सहयोगका प्रक्रियालाई अझ गहिरो र व्यापक बनाउने वातावरण निर्माण गर्न आग्रह गर्दछौँ ।’ 
भारतको कदमले सम्पूर्ण नेपाली जनताको स्वतन्त्रता र स्वाभिमानमा गम्भीर चोट पु¥याएको खनालले बताएका छन् ।