१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १७ बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १७ बुधबार १८:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अभियन्ता भन्छन्- सुर्तीजन्य पदार्थमा कर वृद्धि न्यून भयो, यसले प्रयोग बढाउँछ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १७ बुधबार १८:२९:oo

आगामी आर्थिक वर्षको लागि प्रस्तावित बजेटमा सरकारले सुर्तीजन्य पदार्थमा कर वृद्धि नगरेको भन्दै सरोकारवाला अभियन्ताहरूले आपत्ति जनाएका छन्। 

विश्व धूम्रपानरहित दिवसका अवसरमा ‘एक्सन नेपाल’ले आज गरेको पत्रकार अन्तर्क्रियाका वक्ताहरूले सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणमा गरेको अभ्यास झारा टार्ने ढंगको रहेको र यसले धूम्रपानजन्य उद्योगहरूलाई नै फाइदा पुगेको बताए।

सरकारले सुर्तीजन्य पदार्थमा अन्य दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तुमा भन्दा न्यून कर वृद्धि गरेको एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले बताए। यसो गर्दा यसको प्रयोग झन् झन् बढ्दै जाने उनको भनाइ छ।  

‘यसपटकको बजेटमा सरकारले सुर्तीजन्य पदार्थ रोकथामलाई कम प्राथमिकतामा राखेको पाइयो, यसमा कर वृद्धि गरेको भए राजस्व पनि बढी उठ्थ्यो र नियन्त्रणमुखी पनि हुने थियो,’ उनले भने, ‘तर, सरकारले स्वास्थ्यसँग जोडिएको गम्भीर मुद्दालाई समेटेन।’ 

वर्षेनी २७ हजारको मृत्यु
अध्यक्ष चन्दले नयाँ पिढीलाई यसको प्रयोगबाट बचाउन सरकारले धूम्रपानमा कर वृद्धि गर्नैपर्ने बताए। हाल नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण वार्षिक करिब २७ हजारको मृत्यु हुने गरेको छ। 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले २०१९ मा गरेको सर्वेक्षण अनुसार कुल जनसंख्याको झन्डै २९ प्रतिशतले धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेका छन्। 

सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा क्यान्सरलगायत अन्य जटिल रोगका बिरामीको संख्या पनि वर्षेनी वृद्धि भइराखेको छ। तर, सरकारले सुर्तीजन्य पदार्थलाई नै बढावा दिने गरी नीति अघि सारेको र यसमा कर वृद्धि नगरको आरोप अभियन्ताहरूले लगाउँदै आएका छन्। हाल नेपालमा सुर्तीजन्य पदार्थमा ३३ प्रतिशत कर लगाइएको छ। तर, यो विश्वका अन्य विकसित देशको तुलनामा निकै कम हो।