१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २० बिहीबार ११:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विराटनगरका गर्भवती महिलालाई पोषण र स्वास्थ्य सामग्री प्रदान 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:२८:oo

विराटनगर महानगरपालिकाले गर्भवती महिलालाई पोषण र स्वास्थ्य सामग्री प्रदान गरेको छ । वडा नम्बर १८ का गर्भवती महिलालाई एक थान छाता झुल, नुहाउने साबुन, अन्डा र मिक्स गेडागुडी प्रदान गरेको हो ।  

मातृशिशु सुरक्षाका लागि गर्भावस्थामा राम्रो पोषण तथा नियमित गर्भ जाँच आवश्यक भएकाले पोषण र स्वास्थ्य सामग्री प्रदान गरिएको विराटनगर महानगरकी उपप्रमुख शिल्पा कार्कीले बताइन् । 

गर्भ अवस्थामा आठपटक गर्भ जाँच गर्नुपर्ने, चार महिनाको गर्भ भएदेखि नियमित रूपमा आइरन चक्की खानुपर्ने, जुकाको औषधि सेवन गर्नुपर्ने साथै टिटी सुई लगाउनुपर्ने र आवश्यकताअनुसार जुनसुकै वेला स्वास्थ्य सल्लाह लिन पनि महानगरले गर्भवतीलाई अनुरोध गरेको छ ।  

विराटनगर महानगरपालिकाले गर्भवती आमाहरूका लागि प्रसूति गराउन निःशुल्क  एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ ।     

ad
ad