१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ११ बिहीबार
  • Friday, 05 July, 2024
२o८o जेठ ११ बिहीबार o८:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

धोनीले तत्काल सन्न्यास नलिने

चेन्नईलाई १०औँ पटक आइपिएलको फाइनल पुर्‍याएका धोनीले सन्न्यासका सम्बन्धमा जनवरीसम्म प्रतीक्षा गर्न भनेका छन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ११ बिहीबार o८:o६:oo

चेन्नई सुपर किंग्स कीर्तिमानी रूपमा १०औँ पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ । १६औँ आइपिएलको पहिलो क्वालिफायरमा चेन्नईले गुजरात टाइटन्सलाई १५ रनले हराउँदै अन्तिम दुई स्थान पक्का गरेको हो । भारतीय मिडियाले आइपिएलको फाइनलसँगै धोनीले सन्न्यास लिने समाचार सम्प्रेषण गरिरहेका छन् । चेन्नईलाई फाइनलमा पुर्‍याएपछि कप्तान धोनीले अझै आफू सन्न्यासका सम्बन्धमा आठ वा नौ महिना प्रतीक्षा गर्ने स्पष्ट पारेका छन् ।

‘अहिले नै सन्न्यास लिन सक्दिनँ, अझै मसँग आठदेखि नौ महिना बाँकी छ,’ पत्रकार सम्मेलनमा धोनीले भने, ‘नयाँ संस्करणको आइपिएल अक्सन डिसेम्बरमा हुँदै छ, त्यसवेलासम्म केही न केही निर्णय आउनेछ ।’ धोनीले अहिलेदेखि नै सन्न्यासका बारेमा सोच्दै टाउकोदुखाइ नबोक्ने बताए । ‘म किन अहिलेदेखि सन्न्यासबारे विचार गरी टाउको दुखाइराख्ने हो,’ उनले भने । धोनीले आफू संसारको जहाँ भए पनि चेन्नईकै पक्षमा रहने जनाएका छन् । यद्यपि, सन्न्यास लिए पनि चेन्नईसँगै आबद्ध हुने उनको योजना छ । 

‘अहिले वा पछि सन्न्यास लिए पनि म कुनै न कुनै भूमिकामा चेन्नईसँग आबद्ध भइरहनेछु,’ आइपिएल र चेन्नईसँग गहिरो नाता भएको जनाउँदै धोनीले भने, ‘जनवरीमा हेरौँ, के हुन्छ । सम्भवतः फेरि यही पहेँलो जर्सीमा देखिनेछु ।’धोनीले चेन्नईलाई आफ्नो कप्तानीमा चारपटक आइपिएल उपाधि दिलाएका छन् । उनले आइपिएलको फाइनल फरक नहुने बताए । ‘मैले कहिल्यै पनि आइपिएलको फाइनलमा तनाव लिइनँ,’ धोनीले भने, ‘आइपिएलमा हामी सर्वाधिक सफल टोली हौँ, हामीजति फाइनलमा अन्य टोली पुगेका छैनन् ।’

ad
ad
ad
ad