![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/samsad-meeting2023-05-10-07-55-06.jpeg)
प्रतिनिधिसभामा आर्थिक वर्ष ०८०–८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)बारेको छलफल सकिएको छ।
छलफलमा पहिलो दिन २५ वैशाखमा ३७ जना, दोस्रो दिन २६ वैशाखमा ५४ जना र तेस्रो दिन २७ वैशाखमा ४१ जना सांसदले आ–आफ्ना धारणा राखे ।
सांसदले उठाएका प्रश्नको अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिए ।