१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २६ मंगलबार
  • Friday, 09 May, 2025
२o८o बैशाख २६ मंगलबार १८:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडाका ५६ सुकुमबासीले पाए लालपुर्जा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २६ मंगलबार १८:४६:oo

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ वनस्पतिका ५६ घरधुरी सुकुमबासीले जग्गाधनी लालपुर्जा पाएका छन्।

राष्ट्रिय भूमि आयोग मकवानपुरले वनस्पतिमा बस्दै आएका ५६ घरधुरी सुकुमबासीलाई मंगलबार लालपुर्जा वितरण गरेको हो। वनस्पतिमा ७४ घरधुरी सुकुमबासी रहेकोमा मंगलबार ५६ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको आयोगका अध्यक्ष विष्णु दाहालले जानकारी दिए।

बाँकी १८ घरधुरीलाई चाँडै लालपुर्जा प्रदान गरिने उनले बताए। राजस्व बुझाउन बाँकी रहेकाले उनीहरुको लालपुर्जा रोकिएको अध्यक्ष दाहालको भनाइ छ।

२०५० सालमा आएको बाढीपहिरोका कारण घरबारविहीन भएका मकवानपुरको विभिन्न स्थानका स्थानीयहरूलाई तत्कालीन पदमपोखरी गाउँपालिकाको वनस्पतीमा स्थानान्तरण गरिएको थियो। उक्त स्थानमा ताइवानी सरकारको सहयोगमा ४०२ वटा घर निर्माण गरी बाढीपीडितहरूलाई बसोबासको व्यवस्था मिलाइएको थियो।

बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द निरौला, आयोगका अध्यक्ष विष्णु दाहाल, हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँलगायतले संयुक्त रूपमा लालपुर्जा वितरण गरेका हुन्।