मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o बैशाख २४ आइतबार
  • Tuesday, 18 August, 2026
नयाँ पत्रिका काठमाडौँ
२o८o बैशाख २४ आइतबार १o:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

टुकुचाको प्राकृतिक अधिकार पुन: स्थापनामा पहिलो चरणको सफलता मिलेको छ : प्रमुख साह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८o बैशाख २४ आइतबार १o:१३:oo

उच्च अदालत पाटनको फैसलाको पूर्ण पाठ प्राप्त भएपछि प्रमुख साहको प्रतिक्रिया 

टुकुचाको प्राकृतिक अधिकार पुन: स्थापना गराउन सुरु गरिएको काममा पहिलो चरणको सफलता प्राप्त भएको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले बताएका छन् । उच्च अदालत पाटनबाट टुकुचाका विषयमा भएको फैसलाको पूर्ण पाठलाई उद्धृत गर्दै प्रमुख साहले खोला छोप्ने कार्य बर्जित भएको र बर्जित कार्यलाई सक्रियतापूर्वक रोकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीतिअनुरूप चालेका कुनै पनि कदम खेर नगएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत मेयर साहले भनेका छन्, ‘केही दिनअघि सार्वजनिक भएको उच्च अदातल पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको छ । टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ । नदीको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधि शास्त्रको घोषणा गरेको छ ।’ 

‘अदालतको फैसलाले टुकुचा खोला अर्थात् इच्छुमती नदीको प्राकृतिक अधिकार पुन: स्थापना तथा संरक्षणका लागि काठमाडाैं महानगरपालिकालगायत संघीय सरकारका सम्बद्ध निकायहरूको ध्यानाकर्षणसमेत गरेको छ,’ प्रमुख साहले अगाडि भनेका छन्, ‘कुनै पनि नदी वा खोलाको वहाब क्षेत्र, त्यसको दायाँबायाँ वा माथिको जग्गा व्यक्तिविशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड छ । तसर्थ, अब टुकुचा खोलाको क्षेत्राधिकारभित्रको व्यक्तिविशेषको नाममा त्रुटिवश कायम हुन गएको जग्गाको कानुनबमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउनेसम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइनेछ।’