१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २४ आइतबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २४ आइतबार o९:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

साना किसानलाई गरिने कर्जा लगानी घट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २४ आइतबार o९:१o:oo

साना किसान समूह बढाउँदै गर्दा कर्जा लगानी भने दुई अर्ब २३ करोडले घटेको छ 

साना किसान विकास लघुवित्त वित्तीय संस्थामार्फत साना किसानलाई जाने कर्जा दुई अर्ब २३ करोड रुपैयाँले घटेको छ । चालू आर्थिक वर्षको फागुनसम्म साना किसानलाई दिइएको कर्जा लगानी १३ अर्ब ४० करोड ५४ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको फागुनसम्म यस्तो कर्जा लगानी १५ अर्ब ६४ करोड २० लाख रुपैयाँ थियो । गत आर्थिक वर्षभरि नै यस्तो कर्जा लगानी २२ अर्ब ३७ करोड ८४ लाख रुपैयाँ थियो । लघुवित्तले गरेको कर्जा लगानीमा करिब आठ अर्ब सहुलियतपूर्ण कर्जाको हिस्सा रहेको छ । 

बैंकहरूले गर्ने लगानीमै संकुचन आएकाले त्यसको असर साना किसानको कर्जामा परेको साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख व्यवस्थापक कृष्णप्रसाद लामिछानेले बताए । उनले भने, ‘बैंकहरूले दिने ब्याजदर नै ११–१२ प्रतिशत छ । यस्तोमा हामीले साना किसानमा गर्ने कर्जा लगानी घट्ने नै भयो । तैपनि, हाम्रो कुल कर्जा भने वृद्धि भएको छ ।’

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाविरोधी गतिविधि बढ्दै जाँदा र सहकारी क्षेत्रसमेत बढी प्रभावित हुँदा त्यसको असर साना किसानमा जाने कर्जा लगानीमा परेको उनको भनाइ छ । उनका अनुसार सहकारी संस्थाहरूमा निक्षेप फिर्ता लिने क्रम बढ्दा यसले असर परेको छ । जसकारण पछिल्लो समय कर्जा असुलीसमेत प्रभावित भएको छ । 

गत आर्थिक वर्षको आठ महिनामा ११ अर्ब ९२ करोड कर्जा असुली गरेको संस्थाले चालू आर्थिक वर्षको सोही अवधिमा ११ अर्ब ३४ करोड असुली गरेको छ । यद्यपि, यस अवधिमा भएको असुलीपछि बाँकी लगानी रकम ३२ अर्ब सात करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको फागुन मसान्तको तुलनामा १३.५ प्रतिशतले बढी भएको लघुवित्तले जानकारी दिएको छ । 

सहकारी संस्थाहरूमार्फत साना किसानहरूलाई गरेको कर्जा लगानी गत आर्थिक वर्षको फागुनसम्मको तुलनामा १२.७ प्रतिशतले वृद्धि भएको छ । अर्थात्, यस्तो लगानी ८९ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । साना किसानहरूको सेयर, बचत र जगेडा कोषहरूमा रहेको मौज्दात १३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको फागुनसम्ममा ५८ अर्ब ६३ करोड रुपैयाँ कायम भएकोमा चालू आर्थिक वर्षको आठ महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । 

कर्जा लगानी घट्दा रोजगारीसमेत खुम्चियो
वित्तीय संस्थाको कर्जा लगानीबाट ८८ हजार तीन सय १० रोजगारी सिर्जना भएको अनुमान छ । गत आर्थिक वर्षको फागुनसम्म यस्तो रोजगारी संख्या एक लाख दुई हजार ४४ थियो । रोजगारी सिर्जना कमी हुनुमा वित्तीय बजारमा देखिएको तरलता समस्या तथा विश्व आर्थिक मन्दीको प्रभावले लगानीयोग्य पुँजीको संकुचन हुनुलाई प्रमुख कारण मानिएको छ । 

रोजगारी सिर्जनामा कमी
आर्थिक वर्ष ०७९/८० को फागुनसम्म ग्रामीण स्वावलम्बन कोषतर्फको तीन सय एक र साना किसान कृषि सहकारी र अन्यतर्फका एक हजार छत्तीस गरी कुल एक हजार तीन सय ३७ सहकारी संस्था आबद्ध रहेको उल्लेख छ । यी संस्थाहरूमा सेवा प्राप्त परिवार संख्यामा गत वर्षको सोही अवधिभन्दा ८.५ प्रतिशतले वृद्धि भएर १० लाख ४५ हजार सात सय ४३ जना पुगेको छ । साना किसान कृषि सहकारी अनुसरणका माध्यमबाट स्थापना हुने क्रममा रहेका थप एक सय २९ संस्था छन् । त्यसमा संलग्न ११ लाखभन्दा बढी परिवारमा वित्तीय संस्थाको सेवा पुगेको उल्लेख छ । 

ad
ad
ad
ad