मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रमेश रावल सुर्खेत
२०८० बैशाख २० बुधबार ११:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्रमा घमण्ड र दम्भ बढ्दै गएकाे माधव नेपालकाे आरोप

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०८० बैशाख २० बुधबार ११:०५:००

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रमा घमण्ड र दम्भ बढ्दै गएकाे आरोप लगाएका छन् । माओवादी केन्द्रको दम्भका कारण आफू दु:खी भएको उनकाे भनाइ छ।

पार्टीको प्रशिक्षणको सिलासिलामा आज बिहान सुर्खेत आएका नेपालले पत्रकार सम्मेलनमा भने, ‘माओवादी केन्द्रमा घमण्ड बढ्दै गएकाले त्यसबाट म दुःखी भएको छु ।’

अध्यक्ष नेपालले भने, ‘बजेटको बाँडफाँट आफैँ गर्ने, अनि अरू साझेदार पार्टीको कुनै अस्तित्व नै छैन भन्ने ठान्ने । खासगरी माओवादी पार्टीको व्यवहारबाट हाम्रा साथीहरू धेरै दु:खित भएका छन् ।’

‘म भन्न चाहन्छु– दम्भ र घमण्डले रावण जन्मायो, दम्भ र घमण्डले अर्काे रावण जन्माउने काम नगर्नूस् । त्यसो हुनाले त्यो घमण्ड छोड्नुस्, समानताको व्यवहार गर्नूस् । मिलेर अगाडि बढ्नुस्,’ उनले भने, ‘होइन भने एकचोटि एउटाले घमण्ड गर्‍यो, उसले लोप्पा खायो । अर्काेले फेरि घमण्ड गर्‍यो, उसले पनि लोप्पा खायो । अब तेस्रो घमण्ड गर्ने, कसको पालो छ, त्यो मात्रै बाँकी छ । थाहा होला नि– पहिले केपी ओलीले घमण्ड गरे, पछि शेरबहादुरजीले घमण्ड गरे,  फेरि केपी ओलीले घमण्ड गरे, अब घमण्ड गर्ने पालो कसको छ, हेर्न बाँकी छ, त्यसैले घमण्ड नगर्नुस् ।’