जलवायु परिवर्तनबाट सिर्जित घातक तापलहरले भारतको विकासलाई खतरामा पारेको र गरिबी उन्मूलन, स्वास्थ्य र आर्थिक वृद्धिमा देशको प्रगतिलाई उल्ट्याइरहेको एक नयाँ अध्ययनले दर्साएको छ । तापलहरले यसअघि नै देशलाई गम्भीर रूपमा असर गरेको छ, जसका कारण विद्युत्मा कटौती, धुलोे र वायु प्रदूषण बढेको र भारतको उत्तरमा द्रुत हिमनदी पग्लेको क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ताले बताएका हुन् ।
सन् १९९२ देखि भारतमा तापलहरका कारण २४ हजारभन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ । जलवायु संकटका कारण तापलहर तीव्र र घातक हुने भएकाले प्रभावहरू अझ खराब हुने अनुमान गरिएको छ ।‘भारतले हाल धेरै जलवायु खतराहरूको टक्करको सामना गरिरहेको छ’ अनुसन्धानकर्ताले भनेका छन्, ‘दीर्घकालीन प्रक्षेपणले यो संकेत गर्छ कि भारतको तातो हावाले सन् २०५० सम्म स्वस्थ मानिसको लागि बाँच्ने क्षमताको सीमापार गर्न सक्नेछ ।
भारतमा लाखौँ मानिस पहिले सोचेभन्दा जलवायु परिवर्तनको जोखिममा रहेको अध्ययनले देखाएको छ । देशको ९० प्रतिशतभन्दा बढी क्षेत्र गर्मीको लहरबाट नराम्ररी प्रभावित हुन सक्ने र गर्मी सूचकांकअनुसार अत्यधिक गर्मी ‘खतरा’ क्षेत्रमा पर्न सक्छ ।
तातो सूचकांक जनसंख्यामा तातोको प्रभावको मूल्यांकन गर्न हावाको तापक्रम र आर्द्रता दुवैलाई कति तातो महसुस हुन्छ भन्ने हो । गत वर्ष भारतले भयानक गर्मीको लहर अनुभव गरेको थियो, जतिवेला देशका भागहरू ४९ डिग्री सेल्सियस (१२० डिग्री फारेनहाइट) भन्दा बढीमा पुगेका थिए ।
सन् २०२२ मा भारतले सबैभन्दा तातो अप्रिल र रेकर्डमा सबैभन्दा तातो मार्च अनुभव गरेको अध्ययनले जनाएको छ । सन् २०२२ को जनवरीदेखि अक्टोबरका २७३ दिनमध्ये २४२ दिनमा चरम मौसम अनुभव भएको अनुसन्धानकर्ताले पत्ता लगाका छन् । यस्तो बारम्बार तातो तनावले लाखौँको जीवन र जीविकोपार्जनलाई असर गर्छ ।
गत वर्ष भारतले भयानक गर्मीको अनुभव गरेको थियो, जतिवेला देशका विभिन्न भागको तापक्रम ४९ डिग्री सेल्सियसभन्दा बढी पुगेको थियो
सन् २०५० सम्म अत्यधिक गर्मीको कारण दिनको उज्यालो समयमा बाहिरी काम गर्ने क्षमतामा १५ प्रतिशतले कमी आउने अध्ययनले पत्ता लगाएको छ । ‘बढ्दो गर्मीले भारतलाई सन् २०५० र सन् २१०० सम्म क्रमशः यसको कुल गार्हस्थ उत्पादन (जिडिपी) को २.८ प्रतिशत र ८.७ प्रतिशत र निराशाजनक जीवनस्तर गुमाउने अपेक्षा गरिएको छ,’ अध्ययन पिएलओएस क्लाइमेट जर्नलमा प्रकाशित छ ।
अध्ययनअनुसार शताब्दीको मध्यसम्ममा भारतका ७० सहरमा १० लाखभन्दा बढी बासिन्दा हुने अनुमान गरिएको छ । चरम गर्मीले ती मानिसको ऊर्जा सुरक्षा र स्वास्थ्यमा खतरा निम्त्याउने र असमानता तथा गरिबी न्यूनीकरणमा भइरहेका प्रगतिलाई उल्ट्याउने अनुसन्धानकर्ताले चेतावनी दिएका छन् ।‘कोलकातामा मेरो परिवार हालको तापलहरबाट प्रताडित छ, जसले बारम्बार लोडसेडिङ निम्त्याउँछ,’ अध्ययनका लेखक डा. रमित देवनाथले ग्रिडमा तनाव कम गर्ने ऊर्जा कटौतीको सन्दर्भमा भने, ‘जलवायु–ऊर्जा सम्बन्ध थप सान्दर्भिक हुँदै गइरहेको छ ।’ ‘सामान्यतया यो सबैभन्दा गरिब र सबैभन्दा कमजोर वर्ग हो, जो सबैभन्दा बढी पीडित हुनेछ । तापलहरको न्यून आय भएका जनसंख्यामा अद्वितीय प्रभाव हुनेछ,’ देवनाथले थपे ।
उदाहरणका रूपमा लेखकहरूले द्रुत रूपमा सहरीकरण भएको राजधानी नयाँदिल्लीलाई औँल्याएका छन्, जहाँ न्यून आय भएका श्रमिक उच्च तहको निर्माण गतिविधिमा संलग्न छन् र उनीहरू तापलहरको प्रभावबाट गम्भीर जोखिममा छन् ।भारत संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य, गरिबी, भोकमरी, असमानता र रोग न्यून गर्ने साथै स्वास्थ्य, शिक्षा र सरसफाइलाई प्रवद्र्धन गर्ने १७ उद्देश्यको सूचीमा प्रतिबद्ध छ ।
आफ्नो जनसंख्यामा तापलहरको वास्तविक खतरालाई नबुझ्दा भारतले ती लक्ष्य गुमाउने जोखिम बढाउँछ । अध्ययनकी सहलेखिका प्रोफेसर रोनिता बर्धनेले कम आय भएका आवासका लागि गर्मी प्रतिरोधी क्षमता निर्माण गर्न सिफारिस गर्न सकिने बताउँछिन् ।
‘कम आय भएका र बस्तीमा बासिन्दाहरूका लागि ताप–स्वास्थ्य प्याकेजहरू विशेष रूपमा महŒवपूर्ण छन्, किनकि हामीले गर्मी छालहरूले सहरी दिगोपनमा विनाशकारी प्रभाव देखाउँछौँ,’ उनले भनिन् ।‘अर्को व्यावहारिक अनुप्रयोग उच्च घना क्षेत्रहरू वरपर सहरी हरियाली रणनीति हो, जसले ‘सहरी तातो टापुहरूको प्रभावबाट राहत प्रदान गर्न सक्छ’ बर्धनेले भनिन् ।
लेखकहरूले गर्मी सूचकांक र भारतको दिगो विकासमा यसको प्रभाव समावेश गर्न भारतलाई आफ्नो चरम मौसम मूल्यांकन अद्यावधिक गर्न सिफारिस गर्नमा ‘अत्यावश्यकता’मा जोड दिएका छन् ।शोधकर्ताले गर्मी सूचकांक र भारतको दिगो विकासमा तापलहरको प्रभाव समावेश गर्न भारतलाई आफ्नो चरम मौसम मूल्यांकन अद्यावधिक गर्न सुझाब दिएका छन् । ‘भारतले विगत पाँच वर्षमा गर्मीको लहरलाई प्राकृतिक प्रकोप घोषणा गरेर र उपयुक्त राहत स्रोतहरू परिचालन गरी तातो कार्य योजनाहरू मापन गर्नमा उत्कृष्ट नेतृत्व प्रदर्शन गरेको छ,’ शोधकर्ताले भनेका छन् ।