Skip This
विश्वप्रकाश भन्छन्– भ्रष्टाचार अनुसन्धानमा हदम्याद राखे २५ वर्ष राखौँ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o बैशाख १६ शनिबार
  • Wednesday, 17 September, 2025
२o८o बैशाख १६ शनिबार १६:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विश्वप्रकाश भन्छन्– भ्रष्टाचार अनुसन्धानमा हदम्याद राखे २५ वर्ष राखौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १६ शनिबार १६:३५:oo

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानका लागि पाँचवर्षे हदम्याद राख्ने सरकारको प्रस्ताव स्वीकार्य नहुने बताएका छन्। नेपाल विद्यालय कर्मचारी परिषद्ले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

सरकारले संसदमा पेस गरेको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा गरिएको सो प्रस्ताव सिंगै देशलाई नै अमान्य हुने उनको जिकिर छ। महामन्त्री शर्माले भ्रष्टहरूलाई उन्मुक्ति दिने गरी हदम्याद राख्न नहुने पटकपटक दोहोर्याए। राख्नै परे २५ वर्ष राख्नुपर्ने उनको धारणा छ। 

‘भ्रष्टाचार गरेको मान्छेले पाँच वर्ष सजायको घेरामा पर्ने नाममा उन्मुक्ति पाउनुपर्ने । राख्ने नै हो भने हदम्याद २५ वर्षको राखौँ। तर, कडिकडाउसँग भ्रष्टाचार गरेको मान्छेलाई कठघरामा ल्याएर उसलाई कानुनी कारबाहीदेखि आर्थिक कारबाहीसम्म राज्यले गर्नुपर्छ,’ उनले भने।