१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १६ शनिबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १६ शनिबार o९:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

ग्यासमा चाँडै स्वचालित मूल्य प्रणाली लागु हुन्छ : निर्देशक थानी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १६ शनिबार o९:४८:oo

नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले ग्यासमा बेहोर्दै आएको चर्को घाटालाई कम गर्न चाँडै स्वचालित मूल्य कायम गर्ने बताएका छन् । आयल निगममा आधिकारिक ट्रेड युनियन रहेको कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा बोल्दै कार्यकारी निर्देशक थानीले अहिले अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य घट्न थालेको र आगामी २–३ महिनासम्म घट्ने अनुमान रहेको बताए । ‘ग्यासको मूल्य घटेर ब्रेक इभनमा आउने अनुमान छ । यदी त्यसो भयो भने हामी स्वचालित मूल्य प्रणाली कायम गर्नेछौं’ उनले भने ।

अहिले ग्यासमा प्रतिसिलिण्डर ५ सय ४४ रुपैयाँ घाटा छ । यो घाटा पूर्तीका लागि मूल्य बढाउँदा उपभोक्तालाई मर्का पर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा ग्यासको भाउ घट्नासाथ नेपाली बजारमा स्वचालित मूल्य प्रणाली कायम गर्न तयारी अवस्थामा रहेको उनले बताए । यद्यपी, ग्यासको मूल्य स्वचालित बनाउन निगमले मात्रै नसक्ने उनको भनाई थियो ।

‘ग्यासको मूल्य स्वचालित प्रणालीमा लैजाने हो भने सरकारले नै आँट गर्नुपर्छ । त्यसपछि हामी कार्यान्वयन गर्न तयार छौं’ उनले भने । निगमले अहिले ग्यासको उपभोक्ता मूल्य प्रतिसिलिण्डर एक हजार आठ सय रुपैयाँ निर्धारण गरेको छ । लागत भने करिब २३ सय ५० रुपैयाँ रहेको निगमले जनाएको छ ।

चर्को घाटाका कारण १५ दिनमै निगमले ग्यासमा करिब ८० करोड रुपैयाँ नोक्सान बेहोर्ने प्रक्षेपण गरेको छ । ग्यासमा स्वचालित मूल्य प्रणाली लागू गर्न निगमले अध्ययनसमेत सकाएको छ । 

निगमले असोज, ०७१ देखी पेट्रोल, डिजेल र मट्टितेलमा स्वचालित मूल्य प्रणाली कायम गरेपनि ग्यास र हवाइ इन्धनको मूल्य भने निगम नियन्त्रित छ । कार्यक्रममा कार्यकारी निर्देशक थानीले कर्मचारी ट्रेड युनियनसँग हातेमालो गरेर काम गर्न चाहेको बताएका थिए ।

संघीय निजामति सेवा ऐन चाँडै ल्याउने गृहकार्य

कार्यक्रमको उद्घाटन गर्दै संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्री अमनलाल मोदीले संघीय निजामति सेवा ऐन चाँडै ल्याउने गरी गृहकार्य भइरहेको बताए । ‘ऐनको मस्यौदा अर्थ मन्त्रालयबाट पास भई रायका लागि कानून मन्त्रालय पुगिसकेको छ’ मन्त्री मोदीले भने, ‘हामी चाँडै सबै प्रकृया पुरा गरी ऐन जारी गर्ने गरी अघि बढेका छौं ।’ उनले कर्मचारीलाई जनताले चाहेअनुसारको सेवा प्रवाह गरी सरकारलाई सहयोग गर्न आग्रह गरे ।

त्यस्तै कर्मचारी संघका अध्यक्ष मधुमास कोविन्द पुनले महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गर्ने र निगमको हितमा क्रियाकलाप अघि बढाउने बताए । एमाले र माओवादी केन्द्र निकट कर्मचारीहरु एउटै संघमा आवद्ध रहेको जानकारी दिँदै उनले भने, ‘हामी अहिले निगम भित्र आधिकारिक ट्रेड युनियन छौं । आउँदो पुसमा हुने आधिकारिक ट्रेड युनियनको निर्वाचनमा पनि पुनः विजयी हुने लक्ष्यका साथ नयाँ कार्यसमिति चयन गर्नेछौं ।’

संघका अर्का अध्यक्ष छबिलाल अगस्तीले निगमको हितमा कार्य गर्ने कार्यकारी निर्देशकलाई फुलमाला लगाएर स्वागत गर्ने तर प्रतिकूल काम गरे बिरोधका गतिविधि गर्ने जानकारी गराएका थिए ।

ad
ad
ad
ad