१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १५ शुक्रबार
  • Friday, 27 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o बैशाख १५ शुक्रबार o८:५o:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

युगकवि सिद्धिचरण पुरस्कार प्राडा आचार्य र युवा पत्रकारिता पुरस्कार धमलालाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख १५ शुक्रबार o८:५o:oo

युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार– २०८०’  प्राध्यापक डाक्टर जयराज आचार्यलाई प्रदान गर्ने भएको छ। यसैगरी युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार साहित्यिक पत्रकार चेतनाथ धमलालाई प्रदान गरिने भएको छ।  

युगकविले युवा अवस्थामा प्रारम्भ गरेको पत्रकारितालाई स्मरण गरी यस प्रतिष्ठानले युवा पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ। युगकवि श्रेष्ठ निरंकुश राणा शासनविरुद्ध क्रान्तिकारी साहित्य सिर्जना गर्ने जेलनेलसमेत भोगेका एक निर्भीक सर्जकको रूपमा प्रसिद्ध छन्।

प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाको अध्यक्षतामा बसेको बैठकले युगकवि सिद्धिचरण श्रेष्ठको ११२औँ जन्मजयन्तीका अवसरमा आउँदो जेठ ९ गते विशेष कार्यक्रम गरी सो पुरस्कार प्रदान गर्ने भएको छ ।

प्रतिष्ठानले उपाध्यक्ष प्रा.डा. मोहन लोहनीको संयोजकत्वमा सदस्य  पुरुषोत्तम बस्नेत र प्रा.डा. उषा ठाकुरसहित तीन सदस्यीय पुरस्कार छनाेट समिति गठन गरेको थियो । समितिको सिफारिसलाई प्रतिष्ठानको बैठकले अनुमोदन गरी सो निर्णय गरेको हो ।